दुई कम्पनीको हकप्रद भर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 15, 2019 | 09:59:56 AM मा प्रकाशित

laxmi  sunrise bank

आज मङ्सिर २९ गते आइतबार २ वटा कम्पनीको हकप्रद भर्ने अन्तिम दिन रहेको छ । आज लुम्बिनी जनरल इन्स्योरेन्स Lumbini General Insurance Limited र एनएमबि लघुवित्त NMB Microfinance Bittiya Sanstha Limited को हकप्रद भर्ने अन्तिम दिन हो ।

लुम्बिनी जनरल इन्स्योरेन्सले कार्तिक २४ गतेदेखि १०:२ को अनुपातमा २० प्रतिशतको दरले १७ लाख ६० हजार कित्ता शेयर निष्काशन गरेको  हो ।कम्पनीले शेयर निष्काशनको लागि असोज २७ गते सोमबार बुक क्लोज गरेको छ। असोज २६ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने छन् । कम्पनीले हकप्रद निष्काशनको लागि सिबीआईएल क्यापिटललाई  बिक्री प्रबन्धक नियुक्त गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी ८८ करोड रहेकोमा २० प्रतिशत हकप्रदपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब पाँच करोड ६० लाख पुग्ने छ। 

एनएमबी लघुवित्तले पनि कार्तिक २४ गतेदेखि हकप्रद निष्काशन गरेको हो । कम्पनीले १:१.५ को अनुपातमा १५० प्रतिशतको दरले २४ करोड ३० लाख रुपैयाँ बराबरको २४ लाख ३० हजार ९३ दशमलब ७५ कित्ता हकप्रद बिक्रि गरेको हो। कम्पनीले हकप्रद निष्काशनको लागि कार्तिक ७ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । यस हिसाबमा कार्तिक ६ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने छन् । 

 हकप्रद निष्काशनको लागि सनराइज क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । १५० प्रतिशतका दरले हकप्रद बिक्रि तथा वितरण पश्चात लघुवित्तको चुक्तापुंजी ४० करोड पुग्नेछ। हाल लघुवित्तको चुक्तापुंजी १६ करोड २० लाख रहेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved