हकप्रद निष्काशनको लागि प्रुडेन्सियल इन्स्योरेन्सको बुक क्लोज मिति तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 03, 2020 | 05:03:35 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रुडेन्सियल इन्स्योरेन्स Prudential Insurance Company Limited ले हकप्रद निष्काशनको लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद निष्काशनको लागि माघ २७ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । यस संगै माघ २६ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने छन् । 

कम्पनीले चुक्ता पूँजीको १०:६ को अनुपातमा ६० प्रतिशत हकप्रद शेयर जारी गर्न लागेको हो। यस संगै कम्पनीले अब ३८ लाख ४९ हजार १ सय २० कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ  । हाल कम्पनीको चुक्ता पुंजी ६४ करोड १५ लाख २० हजार रहेकोमा हकप्रद शेयर जारी  पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब २ करोड ६४ लाख ३२ हजार हुनेछ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved