बिजपाटी सम्बाददाता     Feb 16, 2020 | 11:40:51 AM

()

tansen

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले १० बराबर ६ ६० प्रतिशत हकप्रद सेयर फागुन २२ गतेदेखि विक्री खुला गरेको छ । कम्पनीले कुल ३८ लाख ४२ हजार ४३७ दशमलव ५० कित्ता हकप्रद शेयर निष्कासन विक्री गर्न लागेको हो । 

कम्पनीले माघ २६ गतेसम्म कायम शेयरधनीलाई चैत १२ गतेसम्म आवेदन माग गरेको छ । कम्पनीको हकप्रदलाई नेपाल धितोपत्र बोर्डले पुस २९ गते स्वीकृति दिएको थियो । पूँजीवृद्धि अभियान स्वरुप हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पूँजी ६४ करोड ४ लाख ६ हजार २५० रुपैँया रहेको छ । हकप्रद बाँडफाँट पछि सो पूँजी १ अर्ब २ करोड ४६ लाख ५० हजार पुग्नेछ ।

कम्पनीको विक्रीको प्रबन्धक लक्ष्मी क्यापिटल लिमिटेड रहेको छ । आवेदकहरुले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको कार्यालय, लक्ष्मी बैंकका शाखा कार्यालयहरु तथा आस्बा सदस्य सेवा लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट मेरो सेयर मार्फत अनलाइनबाट आवेदन दिन सक्नेछन् ।कम्पनीको हकप्रदलाई इक्रा नेपालले औषत आधार जनाउने ‘इक्राएनपी आईपीओ ग्रेड थ्री’ रेटिङ दिएको गरेको छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका