प्रुडेन्सियल इन्स्योरेन्सको हकप्रद विक्री खुला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 01, 2020 | 10:02:06 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रुडेन्सियल इन्स्योरेन्स Prudential Insurance Company Limited को ६० प्रतिशत हकप्रद सेयर आज फागुन १८ गतेदेखि विक्री खुला भएको छ ।  कम्पनीले चुक्ता पूँजीको १०ः६ को अनुपातमा ६० प्रतिशत हकप्रद शेयर जारी गरेको हो । 

कम्पनीले माघ २६ गतेसम्म कायम सेयरधनीहरुलाई  ३८ लाख ४९ हजार १ सय २० कित्ता हकप्रद शेयर निष्काशन गरेको छ  । हाल कम्पनीको चुक्ता पुंजी ६४ करोड १५ लाख २० हजार रहेकोमा हकप्रद शेयर जारी  पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब २ करोड ६४ लाख ३२ हजार हुनेछ ।

लगानीकर्ताले चैत्र २३ गतेसम्म हकप्रद भर्न सक्ने छन् । हकप्रद निष्काशनको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।  कम्पनीले हकप्रद निष्काशनको लागि माघ २७ गते बुक क्लोज गरेको थियो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved