हकप्रदको लागि अपिले तोक्यो बुक क्लोज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 02, 2020 | 11:10:37 AM मा प्रकाशित

laxmi  sunrise bank

अपि पावर कम्पनी Api Power Company Limited ले हकप्रद सेयर निष्कासनको लागि चैत १ गते बुक क्लोज तोकेको छ । कम्पनीले प्रतिसेयर एक सयमा  ४७.६१ प्रतिशतले हुन् आउने  ५६ लाख ७० हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो ।  फागुन २९ गतेसम्म कायम सेयरधनीहरुले उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् । 

कम्पनीले १:२ को अनुपातमा २०० प्रतिशत हकप्रद शेयर निष्काशनको अनुमति माग गरेको भएपनि हाल ४७.६१ प्रतिशत हकप्रद मात्र निष्काशन अनुमति पाएको हो ।  विद्युत नियमले आयोगले तोकेको शर्त पुरा गरेपछि कम्पनीले  बाँकि हकप्रद निष्काशनको अनुमति पाउने छ।

आयोगले कम्पनीलाई केहि शर्त राखेर हकप्रद निष्काशनको अनुमति दिएको हो । आयोगले सर्वसाधारणलाई शेयर निष्काशन गर्नु अगाडी संस्थापकले कबुल गरेको रकम बुझाई सक्नु पर्ने शर्त राखेको छ । त्यस्तै आयोगले पहिलो चरणमा हकप्रदबाट उठेको रकमबाट भएको आयोजनाको प्रगति हेरेर मात्र थप हकप्रद निष्काशनको लागि अनुमति दिने जनाएको छ ।

जलविद्युत आयोजनामा हुने बेथिति रोक्न यस्तो कदम चालिएको आयोगले जनाएको छ । अपि पावरले ४० मे.वा. क्षमताको माथिल्लो चमेलिया जलविद्युत बनाउन हकप्रद निष्काशन गर्ने योजना बनाएको हो  । पहिलो चरणबाट उठेको रकमबाट आयोजनामा भएको प्रगति हेरेर आयोगले थप हकप्रद शेयर निष्काशनको लागि अनुमति दिने छ  । 

बोर्डले कम्पनीलाई सर्वसाधारणलाई हकप्रद निष्काशन गर्नु ३ दिन अगाडी सम्ममा आयोजनाको लागि लगानी जुटेको 'फाईनानसियल क्लोजर' को विवरण पेश गर्नु पर्ने शर्त समेत राखेको छ ।  

यस अघि हकप्रद शेयर निष्काशनको लागि नेपाल धितोपत्र बोर्डबाट मात्र अनुमति लिनु पर्नेमा आयोगको स्थापना संगै जलविद्युत कम्पनीले शेयर निष्काशन गर्दा आयोगको समेत पुर् स्वीकृति लिनु पर्छ  । आयोगले बाँकि हकप्रदको लागि स्वीकृति दिएपछि बोर्डले पनि सोहि अनुसार कम्पनीलाई हकप्रद शेयर निष्काशनको लागि अनुमति दिने जनाएको छ  ।  

चमेलिया आयोजनाबारे 

चमेलिया जलविद्युत आयोजना सुदुर पश्चिमाञ्चल प्रदेशको दुर्गम जिल्ला दार्चुलामा अवस्थीत आयोजना हो । यो आयोजनाबाट उत्पादन हुने विद्युत  नेपाल विद्युत प्राधिकरणले निर्माण सम्पन्न गरि संचालन गरेको अत्तरिया–बलाच १३२ के.भि.ट्रान्समिसन लाइनमा जडान हुने छ । आयोजनाका अनुसार यसबाट बार्षिक २६ करोड ४१ लाख युनिट विद्युत उत्पादन हुनेछ । उत्पादित विद्युत मध्ये ३० प्रतिशत हिउँदका ६ महिनाहरुमा र बाँकी ७० प्रतिशत बर्षात महिनामा उत्पादन हुनेछ । यो आयोजना नेपाल विद्युत प्राधिकरणको ३० मे.वा. क्षमताको चमेलिया जलविद्युत आयोजना भन्दा १८ किलोमिटर माथी रहेको छ । अपि हिमाल गाउँपालिकाको ओखल भन्ने ठाउँमा यस आयोजनाको बाँध बनाई ५.५ किलोमिटर लामो ३.२ डायमिटरको पेन स्टक पाएपको सहायाताले चमेलिया नदिको पानी फर्काई यो आयोजना निर्माण गरिनेछ । 

अपर चमेलिया जलविद्युत आयोजना निर्माणको लागी जम्मा रु. ७४० करोड लगानी लाग्ने अनुमान छ । यसको ३० प्रतिशतले हुने रु. २२२ करोड शेयरधनीको लगानीबाट र  बाँकी रु. ५१८ करोड बैंक तथा वित्तिय संस्थाहरुबाट सह वित्तियकरण मार्फत ऋण लगानी हुने कम्पनीले जनाएको छ। यो आयोजनाको निर्माण कार्य २०७७ बैसाख महिना देखि सुरु गरी ३६ महिनामा सम्पन्न गर्ने लक्ष्य रहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved