शिखर इन्स्योरेन्सले चैत १३ देखि हकप्रद निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2020 | 09:21:14 AM मा प्रकाशित

laxmi  sunrise bank

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड Shikhar Insurance Company Limited ले  चैत १३ गतेदेखि विक्री गर्ने भएको छ । कम्पनीले १ः०.३ को अनुपातमा ३० प्रतिशतले हुन् आउने ३१ लाख ७१ हजार ९ सय ३२ कित्ता हकप्रद शेयर विक्री गर्न लागेको हो ।

फागुन १२ गतेसम्म कायम सेयरधनीहरुले हकप्रद सेयरमा वैशाख ३ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयरको विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल रहेको छ । आवेदकहरुले आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् । 

कम्पनीको हकप्रद सेयरलाई ईक्रा नेपाल लिमिटेडले ईक्रा एनपि ग्रेड तिन प्लस दिएको छ । यसले कम्पनीको वित्तीय अवस्था तुलनात्मक रुपमा सकारात्मक रहेको बुझाउँछ । कम्पनीको हालसम्म चुक्ता पुँजी १ अर्व ५ करोड ७३ लाख छ । ३० प्रतिशत हकप्रद सेयर निष्कासनपछि सो पुँजी १ अर्व ३७ करोड ४५ लाख पुग्नेछ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved