गुँरास लाइफ इन्स्योरेन्सले चैत २० देखि हकप्रद निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 15, 2020 | 09:38:15 AM मा प्रकाशित

laxmi  sunrise bank

गुँरास लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड Gurans Life Insurance Company Limited ले  चैत २० गतेदेखि हकप्रद सेयर विक्री गर्ने भएको छ । कम्पनीले १ः१ को अनुपातमा प्रतिकित्ता १ सयमा ९३ लाख ८५ हजार २ सय  कित्ता हकप्रद शेयर विक्री गर्न लागेको हो । 

फागुन २१ गतेसम्म कायम सेयरधनीहरुले हकप्रद सेयरमा वैशाख १० गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयरको विक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । आवेदकहरुले आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् । 

कम्पनीको हकप्रद सेयरलाई ईक्रा नेपाल लिमिटेडले ईक्रा एनपि ग्रेड चार दिएको छ । यसले कम्पनीको वित्तीय अवस्था औष्त भन्दा तल रहेको बुझाउँछ । कम्पनीको हालसम्म चुक्ता पुँजी ९३ करोड ८५ लाख २० हजार  छ । शतप्रतिशत प्रतिशत हकप्रद सेयर निष्कासनपछि सो पुँजी १ अर्व ८७ करोड ७० लाख ४० हजार पुग्नेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved