समृद्धि फाइनान्सले माग्यो हकप्रद निष्काशनको अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 19, 2020 | 09:49:13 AM मा प्रकाशित

laxmi  sunrise bank

समृद्धि फाइनान्सले हकप्रद निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले १:२ को अनुपातमा २ सय प्रतिशत हकप्रद निष्काशनको माग गरेको हो ।

बोर्डबाट अनुमति पाएपछि कम्पनीले ३६ लाख ३९ हजार ६ सय ६ कित्ता हकप्रद निष्कासन गर्ने छ । कम्पनीले हकप्रद निष्कासनको लागि बिओके क्यापिटल मार्केटलाई विक्री प्रबन्धक चयन गरेको छ ।

वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई नेपाल राष्ट्र बैंकले समस्याग्रस्त मुक्त घोषणा गरेपछि नयाँ समूहले लिएर फाइनान्सको नाम तथा लोगो परिवर्तन गरी समृद्धि फाइनान्सका नामबाट वित्तीय कारोबार सुरु गरेको हो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved