एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने म्याद थप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 23, 2020 | 10:31:41 AM मा प्रकाशित

laxmi  sunrise bank


एनएलजी इन्स्योरेन्स कम्पनी NLG Insurance Company Limited ले ६० प्रतिशत हकप्रद सेयरमा आवेदन दिने अवधी थप गरेको छ । कम्पनीको  हकप्रदमा चैत २७ गतेसम्म आवेदन दिन सकिने भएको छ ।

कम्पनीले फागुन २२ गतेदेखि चैत १२ गतेसम्म हकप्रद निष्कासन विक्री खुला गरेकोमा अहिलेको विषम परिस्थतिलाई लिएर नेपाल सरकारकोे आव्हानलाई मध्य नजर गर्दै कम्पनीले प्रकाशित गरेको विवरणको दफ ‘र’ मा भएको व्यवस्था अनुसार अवधी थप परेको जानकारी दिएको छ ।  कम्पनीले कुल ३८ लाख ४२ हजार ४३७ दशमलव ५० कित्ता हकप्रद शेयर निष्कासन विक्री खुला गरेको हो । 

माघ २६ गतेसम्म कायम शेयरधनीले हकप्रद भर्न सक्ने छन् । कम्पनीको हकप्रदलाई नेपाल धितोपत्र बोर्डले पुस २९ गते स्वीकृति दिएको थियो । पूँजीवृद्धि अभियान स्वरुप हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पूँजी ६४ करोड ४ लाख ६ हजार २५० रुपैँया रहेको छ । हकप्रद बाँडफाँट पछि सो पूँजी १ अर्ब २ करोड ४६ लाख ५० हजार पुग्नेछ ।

कम्पनीको विक्रीको प्रबन्धक लक्ष्मी क्यापिटल लिमिटेड रहेको छ । आवेदकहरुले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको कार्यालय, लक्ष्मी बैंकका शाखा कार्यालयहरु तथा आस्बा सदस्य सेवा लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट मेरो सेयर मार्फत अनलाइनबाट आवेदन दिन सक्नेछन् ।कम्पनीको हकप्रदलाई इक्रा नेपालले औषत आधार जनाउने ‘इक्राएनपी आईपीओ ग्रेड थ्री’ रेटिङ दिएको गरेको छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved