गुँरास लाइफ इन्स्योरेन्सको हकप्रद बिक्रि खुला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 22, 2020 | 09:47:54 AM मा प्रकाशित

laxmi  sunrise bank

गुँरास लाइफ इन्स्योरेन्स Gurans Life Insurance Company Limited ले असार १४ गतेदेखि हकप्रद बिक्रि खुला गर्ने भएको छ। कम्पनीले यस अघि चैत २० गतेदेखि हकप्रद निष्काशन गर्ने जनाएकोमा लकडाउनको कारण हकप्रद बिक्रि स्थगित भएको थियो । 

कम्पनीले लकडाउन खुकोलो भएसँगै असार १४ गतेदेखि साउन ४ गतेसम्म हकप्रद बिक्रि गर्ने जनाएको हो । हकप्रद निष्काशनको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

कम्पनीले १:१ को अनुपातमा शतप्रतिशतले हुन आउने ९३ लाख ८५ हजार २ सय कित्ता हकप्रद  सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले हकप्रद बिक्रिको लागि फागुन २२ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन २१ गतेसम्म कायम सेयरधनीहरुले हकप्रदमा आवेदन दिन पाउनेछन् । कम्पनीको नवौं वार्षिक साधारण सभालेजारी गर्ने प्रस्ताव पारित गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved