आज २ कम्पनीको हकप्रद भर्ने अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 19, 2020 | 10:27:31 AM मा प्रकाशित

laxmi  sunrise bank

आज आइतबार २ कम्पनीको हकप्रद भनरे अन्तिम दिन रहेको छ । आज शिखर इन्स्योरेन्स Shikhar Insurance Company Limited  र गुराँस लाइफ इन्स्योरेन्स Shikhar Insurance Company Limited  को हकप्रद भर्ने अन्तिम दिन रेको हो ।

गुराँस लाइफले असार १४ देखि हकप्रद बिक्रि खुला गरेको हो । कम्पनीले १:१ को अनुपातमा चुक्ता पुंजीको शत प्रतिशतल हुन आउने ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद शेयर निष्काशन गरेको हो। कम्पनीले शेयर निष्काशनको लागि फागुन २२ गते बुक क्लोज गरेकोले फागुन २१ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने छन् । हकप्रद निष्काशनको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

त्यस्तै शिखर इन्स्योरेन्सले यस अघि स्थगित भएको हकप्रद असार १४ गतेदेखि पुन: निष्काशन गरेको हो  । कम्पनीले ३० प्रतिशतले हुन् आउने ३१ लाख ७१ हजार ९ सय ३२ कित्ता हकप्रद शेयर विक्री गर्न लागेको हो । हकप्रद शेयर निष्काशनको लागि एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।फागुन १२ गतेसम्म कायम लगानीकर्ताले हकप्रदमा आवेदन दिन सक्ने छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved