एनएलजी इन्स्योरेन्स हकप्रद बाँडफाँड, डेढ लाख कित्ता बढी शेयर लिलाम हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 27, 2020 | 08:30:03 AM मा प्रकाशित

laxmi  sunrise bank

एनएलजी इन्स्योरेन्स कम्पनी NLG Insurance Company Limited को हकप्रद शेयर बाँडफांड भएको छ । कम्पनीले फागुन २२ गतेदेखि असार २५ गतेसम्म ६० प्रतिशतको दरले निष्कासन गरेको  ३८ लाख ४२ हजार ४३७ दशमलव ५० कित्ता हकप्रद शेयर बाँडफांड गरेको हो ।

 कम्पनीले हकप्रदमा रितपुर्वक आवेदन दिनेहरुलाई ३६ लाख ८१ हजार ३ सय ५९ दशमलव ५० कित्ता शेयर बाँडफांड गरेको जनाएको छ  । आवेदन नपरी बाँकि रहेको १ लाख ६१ हजार ७८ कित्ता शेयर भने कम्पनीले लिलाम गर्ने छ । 

हाल कम्पनीको चुक्ता पूँजी ६४ करोड ४ लाख ६ हजार २५० रुपैँया रहेको छ । हकप्रद बाँडफाँट पछि सो पूँजी १ अर्ब २ करोड ४६ लाख ५० हजार पुग्नेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved