शिखर इन्स्योरेन्सको हकप्रद बाँडफांड, ८७ हजार कित्ता बढी शेयर लिलाममा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 29, 2020 | 08:21:21 AM मा प्रकाशित

laxmi  sunrise bank

शिखर इन्स्योरेन्स Shikhar Insurance Company Limited को हकप्रद बाँडफाँड भएको छ । कम्पनीले १०:३ को अनुपातमा निष्काशन गरेको ३० प्रतिशत हकप्रद बाँडफांड गरेको हो ।

कम्पनीले  ३१ लाख ७१ हजार ९ सय ३२ कित्ता हकप्रद शेयर निष्काशन गरेकोमा रितपुर्वक आवेदन दिने शेयरधनीलाई ३० लाख ८४ हजार ५ सय १९ दशमलव २ कित्ता शेयर बाँडफांड गरिएको कम्पनीले जनाएको छ  ।

बाँकि रहेको ८७ हजार ४ सय १२ दशमलव ८ कित्ता शेयर कम्पनीले साउन २१ गतेदेखि लिलाम गर्ने भएको छ । लिलामको शेयरमा साउन २८ गतेसम्म आवेदन दिन सकिने बिकी प्रबन्धक एनआइबिएल एस क्यापिटलले जनाएको छ ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved