त्यो समय जब मान्छेले नै चन्द्रागिरीको बाटो हुदै गाडी बोकेर ल्याउथे, हेर्नुस दुर्लभ भिडियो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 10, 2017 | 02:05:53 PM मा प्रकाशित

laxmi  sunrise bank

अहिले मान्छेलाई गाडीले बोक्छ ।  तर बिगतमा नेपालमा पर्याप्त सडक संजालको विस्तार भई नसकेको बेलामा त्यहि मान्छे बोक्ने गाडीलाई मान्छेले बोक्थे  । मान्छे बोक्ने गाडीलाई नै 'बोकेर ल्याउथे' भन्दा अचेलका पुस्तालाई हाँसो उठ्न सक्छ  । तर यो सत्य हो  कुनै समय गाडीलाई बोकेर राजधानी उपत्यकामा भित्र्याईने गरिएको थियो  ।  


राणाकालीन समयमा हेटौडाको भीमफेदीदेखि मार्खु कुलेखानी, चित्लाङ् हुँदै चन्द्रागिरीको बाटो भएर गाडी बोक्ने गरिन्थ्यो । महिनौ दिन लगाएर गाडी बोकेबापत उनीहरुले केहि रकम पाउथे । थानकोटसम्म गाडी पुर्याएपछि उनीहरु त्यहि रकम लिएर आ-आफ्नो घर फर्किन्थे । गाडी बोक्ने मध्ये एक मात्र जीवित (सम्भबत) धनबहादुर गोलेको २  बर्ष अघि निधन भयो । 

तर धेरैलाई कौतुहलता लाग्न सक्छ 'मान्छेलाई बोक्ने गाडी कसरी पो बोकिन्थ्यो होला !' भनेर ।  यहाँ हामीले दुर्लभ भिडियो प्रस्तुत गरेका छौ ।  

हेर्नुस दुर्लभ भिडियो  ।  





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved