जब अभियुक्तले न्यायाधीशकै अगाडि विष पिए …

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 29, 2017 | 05:10:28 PM मा प्रकाशित

laxmi  sunrise bank

युद्व अपराधमा दोषी मानिएका अभियुक्तले अन्तराष्ट्रिय अदालत हेगमा विष खाएपछि सुनुवाई स्थगित भएको छ । स्लोबोदान प्राल्जाकसहित ६ जना बोस्नियन राजनैतिक नेतृत्व तथा सैनिक कमाण्डरहरुको मुद्धामा बुधबार सुनुवाई हुने कार्यक्रम तय गरिएको थियो । स्लोबोदानलाई पूर्वी मोस्टारमा भएको युद्ध अपराधमा दोषी ठहराउँदै सन् २०१३ मा २० वर्षको जेल सजाय सुनाइएको थियो ।

सुनुवाईकै क्रममा स्लोबोदानले ‘मैले विष पिएको छु’ भनेपछि सुनुवाई स्थगन भएको हो । स्लोबोदान उठेर हात उठाउँदै गिलासमा केही पिएको देखेपछि अदालती कारबाही रोकिएको हो । उनका वकिलले उनले विष नै पिएको बीबीसीले जनाएको छ ।

न्यायाधीशले उनले विष पिएको गिलास माग्दै गर्दा कसैले एम्बुलेन्स बोलाएको सुनिएको बीबीसी संवाददाता अन्ना होलिगानले हेगबाट बताएकी छिन। -एजेन्सी 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved