अब हिडेर नै पैसा कमाउन सकिने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 01, 2017 | 09:15:40 PM मा प्रकाशित

laxmi  sunrise bank

मानिसले हिडेर पैसा कमाउन सक्ने भएका छन् । हिडाइको आधारमा पैसा कमाउनका लागि नयाँ डिजिटल क्रिप्टोकरेन्सीको सूरुवात गरिएको छ ।  विटवाल्किङ डलरको सहयोगले मानिसले हिडेर पैसा कमाउन सक्नेछन् ।यो डिजिटल क्रिप्टोकरेन्सी बिटक्वाईन जस्तै कम्प्यूटरबाट उत्पादन हुन्छ ।

स्मार्टफोन प्रयोगकर्ताले मोबाइलमा बिटवाल्किङ एप्स डाउनलोड गरेर बिटवाल्किङ करेन्सी कमाउन सक्छन् । एप्सले मानिसको हिडाई रेकर्ड गर्नेछ र प्रति १० हजार कदममा प्रयोगकर्ताले एउटा बिटबाल्क डलर पाउने छन् ।

एप्प प्रयोगकर्ताले कमाई गरेको करेन्सी अनलाइन स्टोरमा खर्च गर्ने वा नगदमा बदल्ने दुवै सम्भावन हुन्छ ।  यसका संस्थापकले यो तरिका विकासशील र गरिब मुलुकमा फिटनेस उद्योगको विकासका लागि सहयोगी हुने अपेक्षा राखेका छन्। उनको अनुमान अनुसार विटवाल्किङ योजनाले गरिब देशका नागरिकको जीवन पूर्ण रुपमा बदलिन सक्छ।

प्रोजेक्ट संचालन गर्ने निसान बहार र फ्रेन्की इम्बेसीलाई यस प्रोजेक्टका लागि जापानी लगानीकर्ताबाट १० मिलियन अमेरिकी डलर सहयोग प्राप्त गरेका छन् ।जापानीको सहयोगमा सो प्रकारको बैंक वा करेन्सीको सुरुवात गरिने छ । जसले चालिएको पाइला र कुनै पनि ट्रन्जेक्सनलाई स्थापित गर्नेछ ।

यस्तै, 

जापानी कम्पनी मुराथाले एउटा यस्तै किसिमको रिस्टब्याडमा अनुसन्धान गरिएको छ जसले बिटवाकिङ नाप्न स्मार्टफोनको विकल्पको प्रयोग गर्न सकिने छ ।साथै, केहि जुत्ता कम्पनीले यस करेन्सीलाई सहयोग गर्नका लागि स्वीकृती दिइसकेका छन् ।

पैदल हिडेर बिटवाल्किङ डलर कमाउने यो नै पहिलो प्रयास भने हैन । धेरै स्टार्ट–अप समूहले, ‘स्वस्थ्य रहौं र आम्दानी गरौं’ विचारमा यस्तो अवधारण यसअघि नै ल्याइसकेका छन् । तर, उनीहरुको प्रविधिले गतिको तथ्यपूर्वक नापनमा सफलता पाउन सकेको थिएन । 

बिटवाल्किङले पाइला नाप्नका लागि आधिकारिक रुपमा कुनै एल्गोरिद्यम जारी गरेको छैन । पाइला गणनाका लागि फोनको जपीएस पोजिशन र वाई–फाई कनेक्सनको प्रयोग गरिरहेको छ ।

यस करेन्सीको सफलताका लागि कुनै ठूलो सफटवेयर ब्राण्ड, स्वास्थ्य बीमा कम्पनी, स्वयसेवी तथा पर्यावरण समूहले यसको प्रमोसनमा कति रुचि दिन्छन् भन्नेमा निर्भर हुनेछ ।

क्रिप्टो करेन्सी एउटा डिजिटल वा भर्चुअल करेन्सी हो । जसको सुरक्षाका लागि क्रिप्टोग्राफीको प्रयोग गरिन्छ । संसारको पहिलो क्रिप्टो करेन्सी बिटक्वाइन हो । यसको सुरुवात सन् २००९ मा जापानमा भएको थियो ।




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved