मोबाइल नेटवर्क खोज्दै मन्त्री रुख चढेपछी.......

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 06, 2017 | 08:46:18 AM मा प्रकाशित

laxmi  sunrise bank

मोबाइल नेटवर्कको समस्याले गर्दा कति दुख भोग्नु पर्छ भन्ने कुरा हामी नेपालीलाई जति थाहा छ सायदै अरु मुलुकका नागरिकलाई यसको  अनुभब होला। पछिल्ला केहिसमय नेपाल टेलिकमको सेवा र गुणस्तरका तुलनात्मक रुपमा सुधार आएपनि केहि बर्ष अगाडी भने मोबाइल नेटवर्कलाई लिएर चर्को आलोचना हुने गर्दथ्यो। 

बिगतमा नेपाली टेलिकमको मोबाइल नेटवर्क यति कम्जोर थियो कि रुखमा चढेर नेटवर्क खोज्नु पर्ने, पहाडको टुप्पोमा पुग्नु पर्ने, भुँईमा लड्नु पर्ने लगायतका हास्यदृश्य पनि सामान्य लाग्ने गर्दथे। यस्तै घटना भारतमा समेत घटेको छ। 

भारतका केन्द्रीय मन्त्री अर्जुन राम मेघवाललाई मोबाइल नेटवर्क खोज्न रुखमा चढ्नु परेको छ। आइतबार अर्जुन राम मेघवाल आफ्नो संसदिय क्षेत्र बिकानेरमा श्रीडुंगरगढको धोलिया गाउँ पुगे। त्यहाँका स्थानीयहरुले गाउँको समस्या राखे र स्थानीय अधिकारीहरुले आफ्नो समस्या नसुनेको आलोचना गरे। 

गाउँबासीको समस्या सुनेलगत्तै स्थानीयका सामने केन्द्रीय मन्त्री मेघवालले सम्बन्धित अधिकारीलाई फोनबाट कुरा गर्ने कोसिस गरे। तर ठिक त्यहि बेला मोबाइल नेटवर्क मिलेन। लगत्तै गाउँवासीले त्यहाँ मोबाइल नेटवर्क नटिप्ने समस्या रहेको सुनाए। त्यति मात्र होइन छतमा चढे मोबाइल नेटवर्क टिप्ने सुझाए। 

मन्त्री पनि के कम! तुरुन्तै मन्त्रीका लागि स्थानीयले रुखमा चढ्न भर्याङको व्यवस्था गरिदिए। त्यहींबाट मन्त्रीले मेडिकल अफिसरका प्रमुखलाई फोन गरि गाउँमा तत्काल दोस्रो दिन देखि नै अस्थाई रुपमा सहायक मिडवाइफ नर्स सेन्टर बनाउने आदेश दिए। त्यस्तै मन्त्री मेघवालले त्यस गाउँमा ३ महिना भित्र मोबाइल नेटवर्क दुरुस्त बनाउन समेत निर्देशन दिए। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved