स्विट्जरल्याण्ड र क्रोएसिया विश्वकपका लागि छनोट, इटालीको ‘भाग्य परीक्षा’ आज

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 13, 2017 | 06:07:56 AM मा प्रकाशित

laxmi  sunrise bank

क्रोएसिया र स्विट्जरल्याण्डले रुसमा हुने विश्वकप २०१८ मा आफ्नो स्थान सुरक्षित गरेका छन। कात्तिक २६ गते राति भएको युरोपेली समूहअन्तर्गत दोस्रो लेगको प्ले अफ खेलमा दुवै टिमले बराबरी खेलेपछि विश्वकपका लागि छनौट भएका हुन। 

क्रोएसियालेले ग्रिससंग गोलरहित बराबरी खेल्दै विश्वकपमा छनौट भएको हो। पहिलो लेगमा क्रोएसियाले ग्रिसलाई ४-१ ले पराजित गरेकाले ग्रिस  विश्वकप छनौट भएको हो।  

त्यस्तै स्विटजरल्याण्डले पनि आइतबार राती नर्दन आयरल्याण्डसँग गोलरहित बराबरी खेल्यो । पहिलो लेगमा स्विटजरल्याण्ड १-० ले विजयी भएको थियो।

अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि क्रोएसिया र ग्रिस छनौट भएपनि बलियो दाबेदार राष्ट्र इटालीको भने आज भाग्य परिक्षा हुनेछ। पहिलो लेगमा पराजय भोगेको इटालीले युरोपेली समूहको विश्वकप छनौट प्ले अफमा आज सोमबार राति स्विडेनसंग खेल्नेछ। 

पहिलो लेगमा स्विडेनसंग १-० ले पराजित भएको इटालीले विश्वकप २०१८ मा छनौट हुन आजको खेल कम्तिमा पनि २ गोलको अन्तरले जित्ने पर्ने हुन्छ। बराबरी मात्र खेलेको अवस्थामा पनि स्विडेन विश्वकपमा छनौट हुनेछ भने इटालीको रुसमा हुने विश्वकप यात्रा यहि समाप्त हुनेछ।   युरोपबाट छानिने अन्तिम टोलीको टुंगो भने मंगलबार राती हुने डेनमार्क र रिपब्लिक अफ आयरल्याण्डको खेलपछि हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved