डेनमार्क विश्वकप फुबटलका लागि छनोट, ३२ मध्ये ३० टोलीको टुंगो लाग्यो

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 15, 2017 | 07:19:29 AM मा प्रकाशित

laxmi  sunrise bank

डेनमार्कले रुसमा हुने २०१८ को बिश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको छ। युरोपेली समुहको अन्तिम प्ले अफ् खेलमा कात्तिक २८ गते राति रिपब्लिक अफ आयरल्याण्डलाई ५-१ ले पराजित गर्दै डेनमार्क २०१८ को विश्वकपमा छनौट भएको हो।    

पहिलो लेगमा गोलरहित बराबरी खेलेको डेनमार्कले आयरल्याण्डमै भएको खेलमा भने सनसनीपूर्ण प्रदर्शन गर्दै ५-१ को जित निकालेको हो ।खेलमा डेनमार्कलाई विजयी गराउन क्रिश्चियन एरिक्सनले ह्याट्रिक गरे । गएरातिको खेलसँगै विश्वकप फुटबलका लागि युरोपबाट छानिने सबै १४ टोलीको टुंगो लागेको छ ।

विश्वकपमा सहभागि ३२ मध्ये अहिलेसम्म ३० टोलीको छनोट भइसकेको छ । अब दुई वटा अन्तरमहादेशीय प्ले अफ् खेलहरु बाँकी छन् । पेरु र न्यूजिल्याण्ड तथा होण्डुरस र अष्ट्रेलियाबीचका दुई विजेता राष्ट्रले रुसमा हुने विश्वकप फुटबलमा छनौट हुनेछन। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved