विश्वकपको ८ समुहमा कुन कुन टोली पर्लान ? आज हुदैछ ड्र, यस्तो छ प्रक्रिया

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 01, 2017 | 09:40:27 AM मा प्रकाशित

laxmi  sunrise bank

सन् २०१८ अर्थात् अर्को बर्ष रुसमा हुने बिश्वकप फुटबलमा सहभागी हुने सबै ३२ देशको टुंगो लागिसकेको छ । रुसले आयोजकका रुपमा, २५ देशले समूहगत छनौट तथा ६ देशले प्ले–अफ मार्फत विश्वकपमा स्थान बनाएका छन् ।

सबै टोली छनौट भईसकेपछि अब सबैको ध्यान बिश्वकपको समुहमा कुन कुन देश पर्लान भन्नेमा छ । बिश्वकपमा यी ३२ देशलाई ग्रुप A देखि ग्रुप H सम्म गरी कुल ८ वटा समूहमा बिभिजन गरिने छ । हरेक समुहमा ८ वटा टोली रहने छ। हरेक समूहमा हरेक टोलीले राउण्ड रोबिन आधारमा समान ३ खेल खेलेपछिको समूह बिजेता र उप बिजेता अघिल्लो चरणमा प्रवेश गर्ने छन् ।

३२ टोली मध्ये कुन ग्रुपमा को रहन्छ कसरी थाहा हुन्छ त् ? यसको निर्क्योल हुनेछ आगामी आज बेलुका ८:४५ बजे । आज फिफाले हरेक ८ समुहमा कुन कुन ४ टोली रहने भन्ने गोलाप्रथा बाट निर्क्योल गर्छ ।

कसरी हुन्छ त् गोला प्रथा ? यसको लागि हाल छनौट भएका ३२ देशलाई अक्टोबर महिनाको फिफा बरियताको आधारमा ४ समुहमा बाडिएको छ । हरेक समुहमा ८ टोली छन् । आयोजकको नाताले रुस समूह १ को शिर्ष स्थानमा छ । त्यस पछि सबै भन्दा राम्रो बरियता भएको टोलीको समूह १ को दोस्रो स्थानमा छ । त्यस्तै ३१ टोली मध्ये (रसिया बाहेक) सबै भन्दा कम बरियता भएको भएको टोली समूह ४ को अन्तिम स्थानमा छ ।

यसरी बाडिएको छ टोलीहरु ।


नाम संगै रहेको नम्बर टोलीको बरियता हो  । 


अब यी ३२ टोलीबाट ४ टोली रहने ८ समूह निर्माण गर्नु पर्ने हुन्छ  । 

आयोजकका नाताले रुस समूह ए को पहिलो स्थानमा रहने छ  । त्यस्तै माथि उल्लेखित pot 1 का अन्य ७ देशहरु अन्य ७ समुहको शिर्ष स्थानमा रहने छन्  । अर्थात pot १ बाट गोलाप्रथाबाट निकालिने अर्को देश समूह बि को पहिलो स्थानमा रहने छन्  । त्यस्तै तेस्रो टोली समूह सीको पहिलो स्थानमा रहने छ  । यहि हिसाबले pot १ का सबै देशहरु आफ्नो समूहको पहिलो स्थानमा रहने छन्  ।

पहिलो स्थानहरु पूर्ति भएपछि pot 2 बाट निकालिने पहिलो टिम समूह ए को दोस्रो स्थानमा रहने छ  । त्यस्तै pot २ बाट निकालिने अर्को टोली समूह बिको दोस्रो स्थानमा रहने छ  । यहि हिसाबले pot २ का सबै देशहरु आफ्नो समूहको दोस्रो स्थानमा रहने छन्  ।

दोस्रो  स्थानहरु पूर्ति भएपछि pot ३  बाट निकालिने पहिलो टिम समूह ए को तेस्रो स्थानमा रहने छ  । त्यस्तै pot २ बाट निकालिने अर्को टोली समूह बिको तेस्रो स्थानमा रहने छ  । यहि हिसाबले pot २ का सबै देशहरु आफ्नो समूहको तेस्रो स्थानमा रहने छन्  ।

बाँकी रहेका pot ४ का टोलीहरु आफ्नो समूहको अन्तिम स्थानमा रहने छन् । 


यो प्रक्रिया चलिरहंदा एकै समुहमा एकै कन्फिडरेशनका २ टोली भने रहन पाउने छैनन् । तर यूएफा अर्थात् युरोपका देशहरुलाई भने एक समूहमा अधिकतम २ टोलीसम्म रहन सक्ने ब्यबस्था छ  । 

उदाहरणको लागि pot १ बाट जर्मनी समूह बि को शिर्ष स्थानमा चुनियो, त्यस्तै pot  २ बाट स्पेन छानियो भने अब pot ३ बाट स्विडेन रहन सक्दैन । किनकि यूएफा अर्थात् युरोपका देशहरुलाई भने एक समूहमा अधिकतम २ टोलीसम्म रहन सक्ने ब्यबस्था छ  । अन्य कन्फिडरेशनको हकमा भने एक समूहमा एक मात्र देश रहन सक्छ ।  

बिश्वकप आगामी जुन १४ देखि जुलाई १५ सम्म चल्ने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved