यस्तो छ विश्वकप फूटवलको लागि कोकाकोला एन्थम (भिडियोसहित)

निरोज कुमार थापा

निरोज कुमार थापा

May 13, 2018 | 04:44:55 PM मा प्रकाशित

laxmi  sunrise bank

फिफा विश्वकप २०१८को लागि कोकाकोलाले आफ्नो कोकाकोला प्रायोजित थिम ‘कलर्स’ नामक गीत सार्वजनिक गरेको छ । यो गित अमेरिकी पप स्टार जेसन डेरुलोले लेखन तथा गायन गरेका हुन् । उनको यो संगितले विश्वकपमा नयाँ एक्साइटमेन्ट प्रदान गर्ने बिश्वास गरिएको छ । जेसन डेरुलो एक विश्व प्रसिद्ध पप गायक हुन् । उनले यो अफिसियल भिडियो ‘कलर्स’ छाँयाकनको क्रममा आफ्नो जन्मभूमि हाइटी पुगेर तयार गरेका हुन् । यो गित फिफा विश्वकपको २०१८ लागि कोकाकोला एन्थम रहेको छ । भिडियो रिलिज हुनुका साथै यस गितका लेखक तथा गायक जेसन डेरुलोले शोसल मिडियामा आफ्नो भिडियो हाल्दै लेखेका छन्,मैले यो गीत लेख्दा आफ्नो दिमागमा एकताको बिचार गर्दै लेखेको हुँ ।

यस भिडियोको निर्देशन मायामिको  The CitadelleLaferriére   ( हाइटीको सबैभन्दा अग्लो स्थानमा रहेको गढी) मा गरिएको हो । हाइटियन मूलकै प्रसिद्ध गायक तथा अभिनेता वाईक्लेफ जेनको पनि यस भिडियोमा गितार बजाउदै गरेको  छोटो उपस्थिति देख्न सकिन्छ । यस भिडियोमा संसारभरका मानिसहरू आ(आफ्नो सम्बन्धित राष्ट्रिय झण्डा समातेर सुन्दर खेलको सबैभन्दा ठुलोे टूर्नामेंट मनाउन अगाडी बढिरहेको देख्न सकिन्छ ।

यसमा रहेका शब्दहरुले विविधताको प्रसंसा गर्दै सँगै अगाडि बढ्ने सन्देश झल्काउँछ । यसको सन्देश के हो भने हातमा आफ्नो देशको झण्डा बोकेर आफ्नो देशको प्रतिनिधित्व गर्नु हो । विश्वकप भनेको मनोरञ्जन गर्ने समय हो, सबै मिलेर रमाइलो गर्दै आफुलाई मनपर्ने टिमको सपोर्ट गर्दै यस पललाई रमणीय बनाउनु  हो । कोकाकोला बिगत ४० बर्षदेखि फिफा विश्वकप फुटबलसँग जोडिदै आईरहेको छ । र यस अन्तर्गत कोकाकोला विभिन्न कलाकारहरु संग गाँसिदै  थुप्रै रमाइला  र मनोरञ्जनात्मक सांगीतिक यात्रा तय गर्दै आएको छ ।

जेसन डेरुलोले भने , “कोकाकोलासँग मिलेर फिफा विश्वकप २०१८ को एन्थममा काम गर्नु मेरालागि अहोभाग्य हो । यो खेलसँग जोडिनु अत्यन्त सुखद अनुभब हो । यसको लागि म्युजिक ट्रयाक दिंदा मैले आफुलाई निकै सम्मानित महशुस गरेको छु । गीतमा भने जस्तै  ‘एकतामा सुन्दरता हामीले भेटेका छौं’ ।  हामी दैनिक  नकारात्मक समाचारको साथ जलमग्न हुन्छौ र त्यसका साथ सकारात्मक रहन गाह्रो छ । त्यसैले समाजमा परिबर्तन ल्याउन एकजुट भएर प्रयास गर्न  बढी महत्त्वपूर्ण छ ।’   

हेर्नुस भिडियो  ।’ 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved