सन्यासबाट फर्केका मेसि र कीर्तिमानी रोनाल्डोलाई बिश्वकप जित्ने अन्तिम अवसर, चुम्लान त उपाधि ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 30, 2018 | 08:17:53 PM मा प्रकाशित

laxmi  sunrise bank

फुटबलको महाकुम्भ अर्थात बिश्वकप सुरु हुन् अब केवल २ साता बाँकि छ । नेपाल लगायत बिश्वभर फुटबलप्रेमीहरुलाई बिश्वकप छोईसकेको छ । बिश्वभरबाट छानिएर आएका उत्कृष्ट ३२ देशको प्रतिस्पर्धा अनि स्टार खेलाडीहरुको प्रदर्शनले बिश्वकपको रौनक झन् थप गर्छ ।

त्यसमाथि यस पटक यस्ता २ स्टार खेलाडी छन् जसलाई ४ बर्षपछि हुने अर्को बिश्वकपमा नदेखिन पनि सक्छ । ति हुन् पोर्चुगलका क्रिष्टियानो रोनाल्डो र अर्जेन्टिनाका लियोनल मेसि । यिनलाई नचिन्ने सायदै कोहि फुटबलप्रेमी होलान । यिनमा केहि समानता छ । दुवैले क्लब स्तरमा धेरै उपाधि जितिसकेका छन् तर बिश्वकपमा हालसम्म पनि आफ्नो देसलाई उपाधि दिलाउन सकेका छैनन् । यस पटक यी दुवैलाई अन्तिम अवसरको रुपमा हेरिएको छ । यी २ स्टार खेलाडी यो वर्ष विश्वकपको कप उचाल्ने दाउमा छन् ।

कोपा अमेरिकाको फाइनलखेलमा पराजित खेलमा मेसिले अब कहिल्यै अर्जेन्टिनाबाट नखेल्ने भन्दै सन्यास नै घोषणा गरेका थिए  । तर अर्जेन्टिनाका राष्ट्रपति, महान फुटबलर डियागो म्याराडोना लगायत लाखौ समर्थकको आग्रहमा उनी पुन मैदान फर्किएका हुन् । यसबाट प्रष्ट हुन्छ मेसिबाट कति धेरै आश गरेका छन् समर्थकले ।

गत बिश्वकपमा उपाधि नजिक पुगेर पनि चुक्यो अर्जेन्टिना । फाइनलमा १-० शुन्यले पराजित हुदै टोली उप बिजेतामै सिमित रहयो । अर्जेन्टिनाले पछिल्लो पटक बिश्व कप जित्दा मेसि जन्मिएका पनि थिएनन् । मेसीले सर्बाधिक ५ पटक बालोड डि अर उपाधि पनि जितिसकेका छन् । स्पेनिस क्लब बार्सिलोनाका लागी ८ पटक ला लिगा, ४ पटक च्याम्पियन लिग जिताएका मेसीबाट यसपटक ठुलो आशा गरेका छन् । उनका समर्थक र फुटबलका विश्लेषकहरुले मेसीको लागी देशलाई जिताउने यो अन्तिम र सुवर्ण आएको बताएका छन् । महान खेलाडीको सुचीमा मेसि छुट्दैनन तर पनि उनले देशको लागि उपाधि जिताउन सकेका छैनन् । मेसी यस पटकको विश्वकपमा अजेन्टिनालाई जिताएर फुटबल करियरबाट सफलतापूर्वक ल्याण्ड हुन चाहान्छन् । तर उनको त्यो चाहाना पूरा गर्न उनले कस्तो कौशल प्रस्तुत गर्छन् त्यो भने हेर्न बाँकी छ । विश्वभरका उनका समर्थले यतिबेला मेसी नामाङ्कित जर्सी लगाउन थालिसकेका छन् ।

त्यस्तै पोर्चुगलका स्टार खेलाडी क्रिष्टियानो रोलाल्डोको कथा पनि उस्तै छ । उनले पनि सर्बाधिक ५ पटक नै बालोड डि अर उपाधि जितेका छन् । ३ पटक प्रिमियर लिग, २ पटक ला लिगा र ५ पटक च्याम्पियन्स लिग जिताएर किर्तिमान रचेका छन् । मेसिले आफ्नो टोलीलाई बिश्वकपको फाइनलसम्म पुर्याएपनि रोनाल्डो भने चौथो स्थानभन्दा माथि जान सकेका छैनन् । २००६ मा पोर्चुगल चौथो भएको हो । उनी पनि मेसि जस्तै यो वर्षको विश्वकप उपाधि उचालेर फुटबल जीवनबाट सुरक्षित अवतरण हुन चाहान्छन् ।

बिश्वकप चलिरहँदा नै मेसि ३१ बर्ष लाग्ने छन् । अर्को बिश्वकप आउँदासम्म उनी ३५ बर्ष पुग्ने छन् । यस पटक पनि उपाधि जिताउन नसके उनले सन्यास लिने निश्चित जस्तै छ । उनले यस अघि नै सन्यास लिएका थिए र अब उनलाई सन्यास लिन धेरै सोचीरहन नपर्ला । साथै अर्को विश्वकप आउँदासम्म उनी ३५ बर्षका हुनेछन् । त्यस बेलासम्म उनी फिट नै रही टोलीमा पर्छन भन्ने कुनै ग्यारेन्टी रहदैन ।

अर्को तर्फ रोनाल्डो उमेरको हिसाबले मेसि भन्दा पाका छन् । हाल ३३ बर्षका रोनाल्डो अर्को बिश्वकप आउँदा ३७ बर्षका हुनेछन् । हुनत खेलाडी फिट रहे उमेर केवल नम्बर हो भनिन्छ । भारतीय क्रिकेट खेलाडी महेन्द्र सिंह धोनी ३६ बर्षका भए तर पनि उनी अझै टोलीमा छन् । यसको प्रमुख कारण उनी फिट छन् । अर्को बर्ष हुने बिश्वकप अगाडि सन्यास लिने उनको मनशाय देखिदैन । धोनी जस्तै मेसि र रोनाल्डो पनि फिट रहेर टोलीमा रही रहे अपबाद होला ।

तर अहिलेको विश्लेषण अनुसार देशलाई उपाधि जिताएर देखाउने यो नै अन्तिम अवसर हो । यी दुईले यस अन्तिम मौकाको सदुपयोग कसरि गर्छन त्यो भने हेर्न बाँकि नै छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved