नेपालको कुल बजेट भन्दा रुसमा हुने विश्वकप आयोजनाको खर्च बढी

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 31, 2018 | 01:51:54 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा अर्थमन्त्री डा युवराज खतिवडा मंगलबार १३ खर्ब १५ अर्बको बजेट सार्बजनिक गरे। अहिले सदनमा सोहि बजेटमाथिको छलफल जारी छ। यो नेपालको नयाँ आर्थिक वर्ष २०७५/०७६ को बजेट हो । सुन्दा अचम्म लाग्न सक्छ नेपालको कुल बजेट रसियामा २ साता मै सुरु हुन् लागेको बिश्वकप फुटबलको कुल बजेट भन्दा पनि कम छ 

रुसमा हुने हुने बिश्वकपमामा १३ बिलियन अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ । १३ बिलियनलाई एक डलरको १ सय ७ ले हिसाब गर्ने हो भने १३ सय ९१ बिलियन अर्थात १३ खर्ब ९१ अर्ब नेपाली रुपैयाँ हुन् आउंछ । जबकी नेपालको कुल बजेट १३ खर्ब १५ अर्ब मात्र छ । यस हिसाबमा रुस बिश्वकप आयोजनाको कुल खर्च मात्र नेपालको कुल बजेट भन्दा ७६ अर्बले बढी छ ।

यो बिश्वकप आयोजनाको इतिहास मै हुन् लागेको सबै भन्दा ठुलो खर्च हो । ४ बर्ष अगाडि ब्राजिलमा भएको बिश्वकपमा १२ खर्ब भण्ड कम खर्च भएको थियो । 

रसियामा धेरै खर्च हुनुमा त्यहाँको स्टेडियमको अवस्था प्रमुख कारण हो । कुल बजेटको ३० प्रतिशत अर्थात ४ खर्ब ३८ अर्ब रंगशाला लगायतका पूर्वाधार निर्माणमा खर्च हुने छ । त्यस्तै कुल बजेटको ५० प्रतिशत अर्थात ७ अर्ब २७ अर्व यातायात पुर्वाधारमा खर्च भएको छ  ।

यो १३ खर्बको कुल बजेटले रसियाले सन् २०१३ देखि ६ बर्षको अवधिमा खर्च गरेको हो । जस मध्ये सबै भन्दा कम यस बर्ष २०१८ मा खर्च हुने छ भने सबै भन्दा धेरै साढे ३ खर्ब सन् २०१७ मा खर्च भएको थियो । रुसमा बिश्वकप हेर्न आउने दर्शकहरुले ४ खर्ब खर्च गर्ने अनुमान रुसको छ ।  

फिफाले बिश्वकप आयोजना गर्ने देशलाई आयोजना वापतको खर्च दिने गरेको भएपनि रंगशाला तथा पूर्वाधार निर्माणको खर्च भने देश स्वयंले बेहोर्नु पर्छ । ब्राजिलमा भएको बिश्वकपमा फिफाले २ खर्ब २० अर्ब खर्च गरेकोमा त्यसबाट ४ खर्ब ८० अर्ब कमाई गरेको थियो । 

फिफाले टिभी प्रसारण हक बिक्रि, स्पोन्सर र टिकट बिक्रिबाट कमाइ गर्ने गर्छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved