उपाधि रक्षा गर्दै ब्राजिलको किर्तिमान बराबरी गर्ने दाउमा जर्मनी, कस्तो थियो बिगतको प्रदर्शन ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 31, 2018 | 06:39:23 PM मा प्रकाशित

laxmi  sunrise bank

बिश्व बिजेता जर्मनीलाई यस पटक पनि उपाधि दाबेदारको रुपमा हेरिएको छ । हालसम्म ४ पटक उपाधि जितेको जर्मनी यस पटक उपाधि रक्षा गर्दै ब्राजिलको नाममा रहेको सर्बाधिक उपाधिको किर्तिमान बराबरी गर्ने दाउमा छ । ५ पटक उपाधि जितेको ब्राजिल प्रतियोगीता कै सर्बाधिक सफल टोली हो ।

बिश्वकपमा कस्तो रहयो त जर्मनीको प्रदर्शन ?

सन् १९३० मा जर्मनीले खेलेन । जर्मनीले १९ सय ३४ मा मात्र बिश्वकपमा डेब्यु गर्यो र पहिलो सहभागिता मै सेमिफाइनलसम्मको यात्रा तय गर्यो । त्यतिबेला स्वीडेनलाई २–१ ले हराएर अन्तिम चारमा पुगेको जर्मनी चेकस्लोभाकियासँग ३–१ ले पराजित भएर तेस्रो स्थानमा सिमित भयो । त्यसपछि सन् १९३८ मा भने पहिलो राउण्डबाटै बाहिरिदै १० औँ स्थानमा सिमित भयो । त्यसपश्चात सन् १९५० मा जर्मनीलाई खेल्नलाई प्रतिबन्ध लगाईयो ।

प्रतिबन्धपछि जर्मनी १९५४ मा बिश्वकपमा फर्कियो र आफ्नो पहिलो उपाधि जित्यो । स्वीट्जरल्याण्डमा भएको त्यतिबेलाको विश्वकपमा जर्मनीले फाइनलमा हङ्गेरीलाई ३–२ ले पराजित गर्दै कप उचाल्यो । सन् १९५८ मा भएको विश्वकपमा जर्मनी चौथो स्थानमा रह्यो ।

सन् १९६२ मा भएको खेलमा जर्मनी क्वाटरफाइनल बाट बाहिरिदैँ ७ औँ स्थानमा सिमित रह्यो । सन् १९६६ मा भएको विश्वकपमा जर्मनी फाईनलसम्म पुग्यो तर दुर्भायबश इङ्ल्याण्डसँग ४–२ को अन्तरले हार्न पुग्यो । सन् १९७० को विश्वकपमा जर्मनी तेस्रो भयो । सन् १९७४ मा जर्मनीले दोस्रो पटक विश्वकपको उपाधि उचाल्यो । त्यतिबेला विश्वकपको आयोजक समेत रहेको जर्मनीले फाईनलमा नेदरल्याण्डलाई २–१ ले हरायो ।

सन् १९७४ को विश्वविजेता बनेको जर्मनी १९७८ मा डिफेन्डिङ च्याम्पियन बन्दै छनौट भएपनि छैठौ स्थानमा सिमित रह्यो । त्यसपछि जर्मनी लगातार २ पटक फाइनलमा पुग्यो तर दुर्भाग्यवश दुवै पटक पराजित भयो । स्पेनमा भएको १९८२ को विश्वकपमा फाइनलमा जर्मनी इटलीसँग ३–१ ले हार्यो भने १९८६ को विश्वकपमा जर्मनी अजेन्टिनासँग ३–२ ले पछि पर्दै उपाधिबाट बन्चित भयो । त्यतिबेला फुटबलका महान हस्ति डियगो म्यारोडनाले अर्जेन्टिालाई उपाधि दिलाएका थिए ।

सन् १९९० को विश्वकप पुन जर्मनीले जित्यो । इटलीमा भएको खेलमा जर्मनीले फाईनलमा अर्जेन्टिनालाई १–० ले हराउँदै अघिल्लो पटकको टुर्नामेन्टमा हारेको बदला लियो । जर्मनी सन् १९९४÷९८ मा क्वाटर–फाइनलबाट बाहिरियो । त्यसपछि सन् २००२ मा दक्षिण कोरिया र जापानले संयुक्त रुपमा आयोजना गरेको विश्वकपमा जर्मनी फाइनलसम्म पुग्यो । फाइनल खेलमा ब्राजिलसँग २–१ ले हार्दै जर्मनी उपविजेतामा चित्त बुझाउन बाध्य भयो ।

त्यसपछि सन् २००६ र २०१० मा जर्मनी तेस्रो स्थानमा रह्यो । तर त्यसपछि सन् २०१४ मा ब्राजिलमा आयोजना विश्वकपमा जर्मनीले अर्जेन्टिनलाई १–० ले निराश पार्दै चौथो पटक उपाधि चुम्यो । कुल १७ पटक विश्वकपमा छनौट भएको जर्मनी ४ पटक विश्वकपको उपाधि जित्दै ३ पटक फाईनलमा पुगेर पनि पराजित भएको छ । जर्मनी कुल १३ पटक अन्तिम ४ मा पुगेको छ । जर्मनी सर्बाधिक ८ पटक प्रतियोगिताको फाइनल पुग्ने टोली पनि हो ।

सन् १९३० देखीको इतिहासमा अहिलेसम्म जर्मनीले आफूलाई बलियो दाबेदारका रुपमा प्रस्तुत गरिराखेको छ । हालसम्म फिफा बरियतामा १ नम्बरमा रहेको जर्मनी यसपटक पनि विश्वकपको उपाधि उचालेर ब्राजिलसँग उपाधि संख्या बराबर गर्न चाहान्छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved