विश्वकपको पूर्वसन्ध्यामा रोनाल्डोलाई ‘सुरक्षा थ्रेट’, अब के गर्लान ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 04, 2018 | 01:58:46 PM मा प्रकाशित

laxmi  sunrise bank

पोर्चुगिस्ट स्टाईकर क्रिस्टियानो रोनाल्डोले आफ्नो सुरक्षाका लागि एक पूर्व ‘बुल फाइटर’ लाई अंगरक्षकमा नियुक्त गरेका छन् । विश्वकप फुटबल नजिकिएसँगै लगातार धम्की आइरहेको भन्दै उनले अंगरक्षक नियुक्त गरेका हुन् । रोनाल्डोले पूर्व ‘बुल फाइटर’ नुनो मारेकोसलाई आफ्नो निजी अंगरक्षक नियुक्त गरेका हुन् ।

व्यावसायिक क्लव रियल मड्रिडबाट फुटबल खेल्दै आएका पोर्चुगलका स्टार खेलाडी रोनाल्डोलाई अन्तराष्ट्रिय आतंकवादी संगठन ‘इस्लामिक स्टेट’ लगायतबाट ‘सुरक्षा थ्रेट’ आएको विभिन्न समाचार एजेन्सीले जनाएका छन् । 

नुनोले आधा टन तौल भएको साँढेसँग रित्तो हातले नै भिडन्त गर्ने गरेका छन् । उनी मिक्स मार्शल आर्टमा पनि पोख्त रहेको बताईएको छ । उनले आफ्नो जिम्मेवारी सम्हालिसकेको बताइएको छ । हालै सकिएको च्याम्पियन्स लिग फाइनलमा पनि उनले रोनाल्डोको अंगरक्षकका रुपमा भूमिका निर्वाह गरिसकेको समाचार एजेन्सीहरुले जनाएका छन् । ६ फिट २ इन्च उचाई भएका नुनो चर्चित ‘बुल फाइटर’ हुन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved