प्यालेष्टिनी बालबालिकाको पत्र : हाम्रा पूर्वजको चिहानमा हाम्रो हिरो मेस्सीले खेल्न लाग्दा दुखी भयौँ

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 04, 2018 | 03:09:15 PM मा प्रकाशित

laxmi  sunrise bank

आउँदो जुन १४ देखि रुसमा विश्वकप फुटबल सुरु हुँदैछ । जुन ९ मा अर्जेन्टिनी फुटबल टिमले विश्वकपको तयारीका लागी इजरायलसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ । 

यो खेललाई अर्जेन्टिनी नागरिकले ‘लक्की गेम’ का रुपमा हेरेका छन् । सन् १९८६ मा इजरायलसँग इजरायलमै मैत्रीपूर्ण खेल खेलेको अर्जेन्टिनाले त्यतिबेला विश्वकपको उपाधि जितेको थियो । त्यसकारण पनि यो खेललाई लक्की खेलका रुपमा हेरिएको छ । 

दक्षिण अमेरिकी नागरिकलाई यो खेलले निकै महत्व राखेपनि प्यालेष्टिनी नागरिकलाई भने यस खेलले पुरानो घाउ बल्झाउने निश्चित छ । अर्जेन्टिनाले इजरायलसँग जेरुसेलमको टेडी कोलेक रंगशालामा मैत्रीपूर्ण खेल खेल्दैछ । जुन रंगशाला मलहामा रहेको छ । 

७० वर्ष पहिले भएको अरब–इजरायल युद्धमा मलहा तहसनहस भएको थियो । त्यहाँ रहेका प्यालेष्टिनी नागरिकलाई इजरायली सेनाले सन् १९४८ मा लखेटेको थियो । 

यहाँबाट विस्थापित भएका परिवारका अहिलेका पुस्ता वा स–साना बालबालिकाले इजरायलस्थित अर्जेन्टिनी दूतावासमा पत्र पठाएका छन् । 

पत्रमा मैत्रीपूर्ण खेल हुन लागेको रंगशाला आफूहरुलाई विस्थापित गरेको बनाइएको उल्लेख गरिएको छ । अर्जेन्टिनी स्टार लियोनल मेस्सीलाई सम्बोधन गर्दै पत्रमा लेखिएको छ, ‘हामीलाई सुनाइए अनुसार तपाईँ साथीहरुसँग मलहा आउँदै हुनुहुन्छ । त्यो रंगशालामा खेल्न आउँदै हुनुहुन्छ कि जुन हाम्रो गाउँ ध्वस्त गराएर बनाइएको हो ।’ 

पत्रमा बालबालिकाले आफूहरु मेस्सी त्यहाँ आएकोले खुशी भए पनि आफूहरुको घर भएको ठाउँमा खेल्ने भएकाले दुखी पनि भएको बताएका छन् । सन् १९८६ मा रमत गनमा खेल खेलाइएको थियो । 

मेस्सीसँग उनीहरुको यस्तो अपेक्षा

पत्रमा लेखिएको छ, ‘हाम्रो खुशी आँसुमा परिणत भएको छ । हाम्रो मन टुटेको छ । यो कति ठिक हो कि हाम्रा हिरो मेस्सी हाम्रै पूर्वजहरुको चिहानमाथि बनाइएको रंगशालामा खेन्ल आउँदैछन् ।’ ९ जुन का लागि तय भएको इजरायल र अर्जेन्टिनाको खेल भैरहँदा प्यालेष्टिनी नागरिकले भने ‘दुःख’ मनाउ गर्नेछन् । पत्रको अन्त्यमा लेखिएको छ, ‘हाम्रा साथीहरुको तर्फबाट हामी भगवानसँग प्राथना गर्छौँ कि मेस्सीले हाम्रो मन दुखाउने छैनन् ।’ अर्जे्न्टिनी स्टार मेस्सीले भने पत्रको बारेमा सार्वजनिक रुपमा कुनै प्र्र्तिक्रिया दिएका छैनन् । 

मेस्सीको विरोध

इजरायल र अर्जे्न्टिनाको मैत्रीपूर्ण खेलको तयारी भैरहँदा इजरायली तथा प्यालेष्टिनी सेनाबीच भने सीमामा झडप भैरहेको छ । 

साथै प्यालेष्टिनी फुटबल संघका अध्यक्ष जिबरिल रजौबले पनि पत्र लेख्दै आउँदो साता हुने भनिएको मैत्रीपूर्ण खेलको विरोेध जनाएका छन् । उनले अर्जे्न्टिना, दक्षिण अमेरिकी फुटबल संघ तथा फिफालाई पत्र लेख्दै यो खेल रोक्न आग्रह गरेका छन् । उनले भनेका छन्, ‘यो खेललाई राजनीतिक उपकरणको रुपमा प्रयोग गरिएको छ । इजरायली सरकार जेरुसेलमा खेल आयोजना गरेर राजनीतिक सन्देश दिन खोजिरहेको छ ।’

रजौबले अरब तथा मुस्लिम देशका करोडौं प्रशसंकलाई मेस्सीको टिशर्ट जलाउन अपील पनि गरेका छन् । इजरायली खेल मन्त्रालयले भने यसबारेमा कुनै प्रतिक्रिया दिएको छैन ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved