एउटा रोचक रेकर्ड: जसले बिश्वकपमा ३ वटा छुट्टाछुट्टै देशबाट खेल्दै किर्तिमान रचे

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 07, 2018 | 07:58:02 AM मा प्रकाशित

laxmi  sunrise bank

बिश्व फुटबलको महाकुम्भ फिफा बिश्वकप सुरु हुन् अब १ साता मात्र बाँकि छ । रुसमा जुन १४ तारिख देखि हुन् लागेको यो बिश्वकपको २१ औ संस्करण हो । बिश्वकप नजिकिदै गर्दा समर्थकहरु बिश्वकपमा बनेका किर्तिमानहरुमा चासो राख्ने गर्छन । यहाँ यस्तै एउटा रेकर्ड बारेमा चर्चा गरिएको छ, जुन सायदै तोडिएला । 

त्यो रेकर्डको हो ३ वटा छुट्टाछुट्टै देशबाट खेल्दै किर्तिमान रचेका खेलाडीको  । 

यी खेलाडी हुन् - डेयन स्टानकोविच ।  उनले ३ फरक फरक देशबाट प्रतिनिधित्व गर्दै बिश्वकप खेलेका हुन् । उनले फ्रान्समा सन १९९८ मा भएको भएको बिश्वकप डेब्यु गरे । त्यस समय उनले युगोस्लाभियाबाट खेलेका थिए । उनले समुह चरणका ३ खेल खेले । जर्मनीसंग २-२ को बराबरी र इरान र अमेरिकालाई १-० गोल अन्तरले पराजित गर्दै उनको टोली समूह उपबिजेताको रुपमा दोस्रो चरणमा प्रवेश गर्यो । तर नक आउटमा नेदरल्याण्डसंग २-१ गोल अन्तरले पराजित हुदै बाहिरियो ।

राजनीतिक कारणले गर्दा २००१ मा गर्दा युगोस्लाभिया टुक्रिएर ५ स्वतन्त्र राष्ट्र बने  । बेलग्रेडमा जन्मिएका उनी अब 'सर्बिया र मोंटेनिग्रो' देशबाट खेल्न  थाले  । 'सर्बिया र मोंटेनिग्रो' एकै देशको नाम थियो। २००६ मा जर्मनीमा भएको बिश्वकपमा उनले सहभागिता जनाए । यस पटक उनको टिम दोस्रो चरणमा जान सकेन । नेदरल्याण्ड , अर्जेन्टिना र आईभोरी कोस्ट संग पराजित हुदै टोली अंक बिहिन रह्यो र समुह चरणबाट नै बाहिरियो ।

त्यस क्षेत्रको भूराजनीति स्थिर भईसकेको थिएँन । मोंटेनिग्रोका नागरिकले जनमत संग्रह मार्फत सर्बियाबाट अलग हुने निर्णय गर्यो  । परिणाम स्वरुप सर्बिया र मोंटेनिग्रो दुवै स्वतन्त्र देश बने । डेयन स्टानकोविच सर्बियाँबाट खेल्ने भए  । 

अब उनी २०१० मा दक्षिण अफ्रीकामा भएको बिश्वकपमा सर्बियाँबाट खेल्ने भए  ।  यस संगै उनले ३ फरक फरक देशबाट बिश्वकप खेल्ने किर्तिमान रचे  ।  दक्षिण अफ्रीकामा पनि उनको टोली समुह चरण भन्दा माथि जान सकेन  । समुह चरणमा बलियो जर्मनीलाई पराजित गरे पनि घाना र अस्ट्रेलियासंग पराजित हुदै केवल ३ अंकको साथ अंकतालिकाको अन्तिम स्थानमा रह्यो  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved