जसले लगातार २ पटक बिश्वकप फाइनल खेले तर फरक फरक देशबाट

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 07, 2018 | 11:33:59 AM मा प्रकाशित

laxmi  sunrise bank

लगातार २ पटक बिश्वकपको फाइनल पुग्ने टोली कुन हुन् ? इटालीले १९३४ र १९३८ मा फाइनल खेल्यो, ब्राजिलले १९५८ र १९६२ मा तथा १९९८ र २००२ मा  फाइनल खेल्यो, नेदरल्याण्डले १९७४ र १९७८ को फाइनल खेल्यो , अर्जेन्टिनाले १९८६ र १९९० मा फाइनल खेल्यो  । वेस्ट जर्मनीले १९८२ र १९९० को बीचमा लगातार ३ पटक फाइनल खेल्यो । यस क्रममा केहि यस्ता खेलाडी थिए जसले लगातार २ पटक फाइनल खेल्ने अवसर पाए  । तर ति सिमित खेलाडी मध्ये एक मात्र यस्ता खेलाडी छन् जसले लगातार २ पटक बिश्वकपको फाइनल खेलमा सहभागिता जनाए  तर दुई फरक देशबाट  । 

हो बिश्वकपको इतिहासमा एक यस्ता खेलाडी छन् जसले 2 फरक फरक देशबाट लगातार  २ पटक फाइनल खेले  । त्यस क्रममा एक पटक हार बेहोर्दै उप बिजेतामा सिमित भए भने एक पटक उपाधि पनि जिते  । ति खेलाडी हुन् लुइस मोन्टी  । 

 मोन्टीले १९३० मा अर्जेन्टिनाको टिममा रहेर बिश्वकप खेले  । समुह १ मा रहेको अर्जेन्टिना समूह चरणको सबै खेल जित्दै समुह बिजेता बन्दै दोस्रो चरण प्रवेश गर्यो  । मोन्टीले फ्रान्स संगको खेलमा एक मात्र निर्णायक गोल पनि गरे  ।  समुह चरणमा अर्जेन्टिनाले चिल्ली , फ्रान्स र मेक्सिकोलाई पराजित गर्यो  । 

सेमिफाइनलमा अर्जेन्टिनाले अमेरिकालाई ६-१ गोल अन्तरले पराजित गर्यो  । त्यस क्रममा पनि मोन्टीले सुरुवाती गोल गरेका थिए  । फाइनलमा भने अर्जेन्टिना उरुग्वे ४-२ गोल अन्तरले परजित गरे  ।  फाइनल खेलमा मोन्टीले गोल गर्न सकेनन  । 

त्यसको केहि समयपछि उनी इटालीको नागरिक लिए  । 

४ बर्षपछि सन् १९३४ मा इटालीले बिश्वकप आयोजना गर्यो र मोन्टी टोलीमा परे  । 

इटालीले पहिलो खेलमा अमेरिकालाई ७-१ ले पराजित गर्दै क्वाटरफाइनलमा पुग्यो । क्वाटरफाइनलमा इटालीले स्पेनलाई थपिएको अतिकृत समयमा पराजित २-१ गोल अन्तरले पराजित गर्यो । सेमिफाइनलमा अस्ट्रियालाई १-० ले परजित गर्दै इटाली फाइनलमा पुग्यो । फाइनल खेलमा चेक्लोस्लोभाकियालाई अतिरिक्त समयमा २-१ ले पराजित गर्दै इटालीले उपाधि जित्यो ।  मोन्टीले यस प्रतियोगितामा गोल गर्न भने सकेनन । तर लगातार २ पटक छुट्टाछुट्टै टिममा सहभागिता जनाएर फाइनल खेल  खेल्ने खेलाडीको रुपमा कीर्तिमान कायम गरे ।  

मे १५ तारिख १९०१ मा जन्मेका मोन्टीको ८२ बर्षको उमेरमा १९८३ मा मृत्यु भएको थियो   । 

यो पनि : 

एउटा रोचक रेकर्ड: जसले बिश्वकपमा ३ वटा छुट्टाछुट्टै देशबाट खेल्दै किर्तिमान रचे

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved