बिश्व फुटबलको सर्वोच्च निकाय फिफाले नयाँ बरियता सार्बजनिक गरेको छ । बिश्वकप सुरु हुनुभन्दा ठिक ७ दिन अगाडी फिफाले नयाँ फिफा बरियता सार्बजनिक गरेको हो। फिफा विश्व वरियतामा जर्मनी पहिलो, ब्राजिल दोस्रो, बेल्जियम तेस्रो, पोर्चुगल चौथो, अर्जेन्टिना ५ औ, स्विजरल्याण्ड छैठौ, फ्रान्स सातौ, पोल्याण्ड आठौ, चिली ९ औ र स्पेन १० औ स्थानमा छ ।
बिश्वकप सुरु हुनु भन्दा अगाडी फिफा बरियता सार्बजनिक भएपछि समर्थकले बिश्वकपमा आफुले समर्थन गर्ने देश कति कमजोर वा बलियो भनेर आंकलन गर्ने अवसर पाएका छन् ।
यहाँ हामीले आगामी बिश्वकपमा सहभागिता जनाउने ३२ टोलीको फिफा बरियताको चर्चा गरेका छौ । कोष्टकमा रहेको स्थिर/गिरावट/सुधार शब्दावली पछिल्लो बरियतासंग तुलना गर्नको लागि प्रयोग गरिएको हो ।
हेर्नुस बिश्वकप अगाडी कसको बरियता कति ?
समुह ए:
रसिया : ७० औ ( ४ स्थान गिरावट)
साउदी अरेबिया : ६७ औ (स्थिर)
इजिप्ट : ४५ औ (१ स्थान सुधार)
उरुग्वे : १४ औ (३ स्थान सुधार)
समुह बि :
पोर्चुगल : चौथौ स्थान (स्थिर)
स्पेन : १० औ (२ स्थान गिरावट)
मोरक्को : ४१ औ (१ स्थान सुधार)
इरान : ३७ औ ( १ स्थान गिरावट)
समुह सी :
फ्रान्स : ७ औ स्थान ( स्थिर)
अस्ट्रेलिया : ३६ औ ( ४ स्थान सुधार)
पेरु: ११ औ (स्थिर)
डेनमार्क : १२ औ (स्थिर )
समुह डि:
अर्जेन्टिना : ५ औ (स्थिर)
आईसल्याण्ड: २२ औ (स्थिर)
क्रोएसिया: २० औ (२ स्थान गिरावट)
नाइजेरिया: ४८ औ (१ स्थान गिरावट)
समुह ई :
ब्राजिल: दोस्रो स्थान (स्थिर)
स्विजरल्याण्ड: छैठौ स्थान (स्थिर)
कोस्टारिका: २३ औ स्थान (२ स्थान सुधार)
सर्बियाँ: ३४ औ (१ स्थान सुधार)
समुह एफ :
जर्मनी : पहिलो स्थान ( स्थिर)
मेक्सिको: १५ औ स्थान (स्थिर)
स्वीडेन: २४ औ (१ स्थान गिरावट)
साउथ कोरिया: ५७ औ (४ स्थान सुधार)
समुह जी :
बेल्जियम: तेस्रो (स्थिर)
पनामा: ५५ औ (स्थिर)
टुनीसिया : २१ औ (७ स्थान गिरावट)
इंग्ल्यान्ड : १२ औ (१ स्थान सुधार)
समूह एच :
पोल्याण्ड: ८ औ (२ स्थान सुधार)
सेनेगल: २७ औ (१ स्थान सुधार)
कोलम्बिया: १६ औ (स्थिर)
जापान: ६१ औ (१ स्थान गिरावट)