रुस बिश्वकपमा इरान पहिलो

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 07, 2018 | 04:35:54 PM मा प्रकाशित

laxmi  sunrise bank

एसियाली मुलुक बिश्वकप खेल्न रुस पुग्ने पहिलो टोली बनेको छ । इरानको टोली बिश्वकप् सुरु हुन् ९ दिन अगाडी नै रुस पुगेको हो । इरानले बिश्वकप सुरु हुनु अगाडी मस्कोमा लिथुआनियासंग मैत्रीपूर्ण खेल खेल्ने छ ।

इरान प्रतियोगितामा समूह बि मा रहेको छ । इरान संगै समुह बि मा स्पेन, पोर्चुगल र मोरक्को रहेका छन् । इरानको पहिलो खेल मोरक्कोसंग शुक्रबार जुन १५ तारिखमा हुनेछ । फिफा बरियताको आधारमा यस समुहमा मोरक्को समुहको सबै भन्दा कम्जोर टिम हो । पोर्चुगलको फिफा बरियता चौथौ, स्पेनको १० औ, मोरक्कोको ४१ औ तथा इरानको ३७ औ रहेको छ । इरानले ५ औ पटक बिश्वकप खेल्न लागेको हो । 

इरान कुनै पनि बिश्वकपमा समुह चरणबाट माथि जान सकेको छैन ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved