बिश्वकपमा आफ्नो देशलाई समर्थन गर्न ६० हजार ब्राजिलियन रुस जादै

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 08, 2018 | 03:42:58 PM मा प्रकाशित

laxmi  sunrise bank

६ दिनपछि सुरु हुने फिफा बिश्वकपको लागि आफ्नो देशलाई समर्थन गर्न ६० हजार ब्राजिलियन नागरिक रुस जाने भएका छन्  ।  आफ्नो देशबाट  ठुलो संख्यामा समर्थकहरु रुस जाने भएपछि ब्राजिलले रुसमा ५ शहरमा नयाँ कन्सुलर बिभाग खोलेको छ ।  

ब्राजिलका विदेश मन्त्रीले ६० हजार भन्दा बढी समर्थकले टिकट लिई सकेको बताएका हुन् । साथै उनले रुसमा आफ्ना देशका नागरिकलाई सहज होस् भनेर १ सय ३४ पेजको सहयोगी पुस्तिका समेत निष्काशन गरेको बताएका छन् । पुस्तिकामा रुसको संस्कृति, कानुन, नियम लगायतका बिषयको जानकारी समेटिएको छ । यी पुस्तिका रुस जान लागेका आफ्ना देशका समर्थकलाई विमानस्थलमा वितरण गरिने छ । 

५ पटक उपाधि जितेको ब्राजिल प्रतियोगीता कै सर्बाधिक सफल टोली हो । यस पटक पनि ब्राजिललाई उपाधि दाबेदारको रुपमा हेरिएको छ  । ब्राजिल बिश्वकपमा समुह ई मा परेको छ  ब्राजिलसंगै यस समुहमा स्विजरल्याण्ड , कोस्टारिका र सर्बियाँ छन्   ब्राजिल फिफा बिश्व बरियतामा जर्मनीपछि दोस्रो स्थानमा कायम छ  ब्राजिलले आफ्नो पहिलो खेल स्विजरल्याण्ड संग खेल्ने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved