पैसा अभावमा रुस जान नपाएका चिया पसलेको मेस्सीप्रेम, सिंगो घरमा लगाए अर्जेन्टिनी जर्सीको रङ

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 12, 2018 | 06:04:00 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतका एक चिया व्यापारीले आफ्नो घर निलो र सेतो रङले रङ्ग्याएका छन् । यो कुनै नौलो कुरो होईन तर निलो र सेतो रङ अर्जेन्टिनी फुटबल टिमले लगाउने जर्सीको रङ हो । विश्वकप फुटबलको पूर्वसन्ध्यामा कोलकत्ताका चिया व्यापारी शिवशंकर पतराले अर्जेन्टिनालाई समर्थन गर्दै यसो गरेको हुन् ।

उनी सन् १९८६ को विश्वकपदेखी अर्जेन्टिनालाई समर्थन गर्दै आएका छन् । उक्त प्रतियोगितामा डियगो म्यारोडोनाको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिनाले दोस्रो पटक विश्वकपको ट्रफि उचालेको थियो । त्यहि बेलादेखि उनी अर्गेंतिनको समर्थक हुन्।  उनी यसपटकको विश्वकप फुटबल हेर्न रसिया जाने तयारीमा थिए । तर उनीसँग पर्याप्त पैसा भएन । “मैले ६० हजार (८९० डलर) जम्मा गरेको थिए, तर रसिया जानको लागी त्यो पर्याप्त छैन । त्यसैले अब म अर्जेन्टिनाको खेल टिभिमा हेर्छु” पतराले भने ।

जुन १४ बाट विश्वकप फुटबल सुरु हुँदैछ । जुन २४ बाट अर्जेन्टिनी स्टाइकर लियोनल मेसी ३१ व्र्ष पूरा हुँदैछन् । मेसीका डाइहार्ट फ्यान पतराले मेसीको जन्मदिनको अवसरमा केक काटेर मेसीको तस्बिर अंकित जर्सी बालबालिकालाई बाड्ने योजना बनाएका छन् । उनका प्रीय खेलाडी मेसी हुन् । उनले आफ्नो घरको प्रत्येक कोठाको भित्तामा  मेसीको भित्तो जत्रै फोटो टासेका छन् । उनको परिवार सबैले अर्जेन्टिनाको जर्सी लगाएका छन् ।

विश्वकै दोस्रो ठूलो जनसंख्या भएको भारतले विश्वकपमा छनौट हुनका लागी ठूलो सघर्ष गर्यो । तर भारत अहिले विश्व फुटबलको प्रशासकीय निकाय फिफाले सार्वजनिक गरेको वरियातामा ९७ औँ स्थानमा छ । भारत छनौट भएको भए भारतका नागरिक स्वतः गृह राष्ट्रकै समर्थक हुन्थे । पतराले भारत विश्वकपमा नपुगेसम्म अर्जेन्टिनालाई समर्थन जनाउने बताएका छन् ।

अजेन्टिनाले यस पटकको विश्वकपको पहिलो खेल आगामी सनिबार मस्कोमा आइसल्याण्डसँग खेल्दैछ । आईसल्याण्ड पहिलोपटक विश्वकपमा छनौट भएको राष्ट्र हो । अर्जेन्टिना रहेको समूह ‘डी’मा आईसल्याण्डसँगै क्रोयसिया र नाइजेरिया छन् । “म सधै अर्जेन्टिनाको लागी प्राथना गरिरहन्छु, अर्जेन्टिनाको सफलताका लागी । अर्जेन्टिनाले विजेताको ट्रफी उचाल्नुभन्दा अर्को खुशी मेरा लागी केही हुँदैन” पतराले भने ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved