विश्वकपको २१ औं संस्करण आजबाट सुरु : विजेताले कति पाउँछ पुरस्कार ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 14, 2018 | 02:17:44 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्वकप फुटबल प्रतियोगीता आजदेखि सुरू हुँदैछ । सन् १९३० बाट सुरु भएको विश्वकप फुटबलको यो २१ औं संस्करण हो । 

नेपाली समयअनुसार बेलुका सवा ८ बजे रसियास्थित मस्कोको लुजनेकी रंगशालामा उद्घाटन समारोह सुरू हुनेछ ।

उद्घाटनमा बेलायती गायक रोबी विलियम्स र रसियन गायिका आइडा गारीफुलिनाको सांगितिक प्रस्तुति रहनेछ । विश्व फुटबल महासंघ (फिफा) ले यसपालिको उद्घाटन समारोह पहिलाभन्दा फरक हुने जनाएको छ । उद्घाटनमा ब्राजिलियन सुपरस्टार रोनाल्डो सहित सबै देशका खेलाडी सहभागी हुनेछन् । 

विश्वकप फुटबलमा यसपटक ३२ राष्ट्रले सहभागिता जनाउँदैछन् । उद्घाटन खेलमा आयोजक रसिया र साउदी अरेयिबा आमनेसामने हुनेछन् । फिफा वरियताअनुसार विश्वकपमा सहभागी रसिया सबैभन्दा कमजोर मुलुक हो । रसिया फिफा वरियतामा ७० औं स्थानमा छ भने साउदी अरेबिया ६७ औं स्थानमा छ । 

सन् २००८ मा युरोपियन च्याम्पियनसिपको सेमिफाइनल पुगेको रसियाका लागी अहिलेसम्मको ठूलो उपलब्धि त्यही नै हो । रसिया आयोजक रहेकै कारण विश्वकपमा छनौट भएको हो । साउदी अरेबिया भने यसअघि सन् १९९४ र सन् २००६ को विश्वकपमा समेत सहभागी भैसकेको छ ।

प्रतियोगितामा एसियाका पाँच, अफ्रिकाका पाँच, उत्तर अमेरिकाका तीन, दक्षिण अमेरिकाका पाँच र युरोपका चौध राष्ट्र सहभागी छन् । विश्वकप विजेताले ३८ मिलियन अमेरिकी डलर र उपविजेताले २८ मिलिनय डलर पाउनेछ । 

रसियाको ११ सहरका १२ वटा मैदानमा यसपालीको विश्वकप फुटबल खेलाईनेछ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved