व्यवसायीलाई पनि बढ्दैछ विश्वकपको ज्वरो, को कसका समर्थक ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 14, 2018 | 07:52:44 PM मा प्रकाशित

laxmi  sunrise bank

रुसमा विश्वकप फुटबल २०१८ को संस्करण सुरु भएको छ। ३२ औं राष्ट्रले सहभागिता जनाउने यस प्रतियोगिता विश्वकपको २१ औं संस्करण हो।  विश्व फुटबलको कुम्भ मेला मानिने विश्वकप फुटबलमा कतिपयले योजना बनाएका छन् भने कतिपयले खासै ध्यान दिएका छैनन्। 

संसारभरीका फुटबलका प्रेमीहरुलाई विश्वकपले छोईसकेको मात्रै छैन तताईसकेको छ । आफुले समर्थन गर्ने देशका जर्सी लगाएर हुल बाधिएर युवा तथा फुटबलका प्रेमीहरु गफिन व्यस्त छन् ।

फुटबलको आफ्नै रस छ । युवा तथा खेलाडीलाई मात्रै नभई खेलकुद प्रेमी सबैलाई छोएको छ। बुझ्नमा सरल, नियम पनि सामान्य भएर होला सबैले फुटबललाई रोजेका हुन्छन् र पुरानो खेल हो फुटबल । यसपटकको विश्वकपले नेपाली युवा तथा फुटबलका प्रेमीलाई विभिन्न धु्रवमा बाडेको छ । ३२ राष्ट्रले सहभागीता जनाएको यस पटकको विश्वकपमा नेपालमा पनि धेर थोर सबै राष्ट्रका समर्थक छन् ।   

यस्तो माहोलमा नेपाली व्यबसायी तथा उद्यमीहरुलाई पनि फुटबलको महासंग्रामले राम्रैसँग तानेको छ । यही क्रममा हामीले नेपाल उद्योग बाणिज्य महासंघका पदाधिकारीहरु यसपटकको विश्वकप योजना र मनपर्ने टिमको बारेमा सोधेका छौं।  हामीले प्रश्न गरेका सबैजसो व्यवसायीहरुले विश्वकप महाकुम्भ मेला भएको र यसलाई नछुटाईकन हेर्ने बताए। केहिले भने सेमिफाइनल पुगेपछि मात्र समर्थन गर्ने र विश्वकप हेर्ने योजना बनाउने बताए।

मनोबल उकास्न रसियाको समर्थन

शेखर गोल्छा

वरिष्ट उपाध्यक्ष, नेपाल उद्योग बाणिज्य महासंघ 


नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा मोफसलमा देखिएका र भेटिएका फुटबलका समर्थक भन्दा भिन्न देखिए। उनी यसपटकको विश्वकपमा बरियता क्रमको पुछारमा रहेको रसियाको समर्थन गर्दैछन। 

यस अघिका हरेक विश्वकपमा कि ब्राजिल कि त अर्जेन्टिनाको समर्थन गर्दै आएका उनी यसपटक भने रसियाको समर्थन गर्दै बरियताको अन्तिममा रहेको रसियाको मनोबल उकास्न चाहान्छन् । उनी यसपालिको विश्वकप साथीभाईसँग रमाईलो गर्दै हेर्ने योजनामा छन् । 


जुन देशको प्रदर्शन मन पर्छ सोही देशलाई समर्थन

किशोर कुमार प्रधान 

उपाध्यक्ष, उद्योग बाणिज्य महासंघ 


नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष किशोर कुमार प्रधान स्कुल पढ्दा आफू पनि सामान्य फुटबलको खेलाडी भएकोले अझै पनि रुची रहेको तर हेरेर चित्त बुझाउने गरेको बताउँछन्। उनी अन्य खेलले फुटबलको विरासत नधान्ने पनि बताउँछन। 

“नेपालमा क्रिकेट अहिले आयो, तर फुटबल पुरानो खेल हो । खेल्नमा सरल छ, बालक देखी वृद्धासम्मले सहजै बुझ्छन । व्यबसायीक हिसाबमा पनि अन्य खेलभन्दा फुटबल ठूलो छ” उनले भने । 

प्रधान यस अघिका प्रतियोगीतामा ब्राजिलको समर्थन गर्दै आएका थिए, तर यसपटक भने २÷४ वटा खेल हेरेपछि जुन देशको प्रदर्शन मन पर्छ सोही देशलाई समर्थन गर्ने मनस्थितीमा छन् । 

अर्को कुरा उनका छोरा अनमोल फुटबलका खेलाडी नै हुन्। उनका छोरा भारतमा पढ्दा धेरै प्रतिस्ठित क्लबबाट खेल्ने गर्थे। अध्ययनको लागी भारतमा गएका उनी उतै खेलाडी भए। अनमोलले आफ्ना फुटबलका समर्थक साथीलाई घरमा ल्याएर यसपटक विश्वकप हेर्ने भएकाले किशोर कुमार प्रधान (अनमोलका पीता) लाई सहज हुने देखिएको छ। 


'साथीभाईको साथमा विश्वकप हेर्ने हो तर यहि टिमलाई समर्थन भन्ने छैन'

चन्द्र प्रसाद ढकाल

उपाध्यक्ष, उद्योग बाणिज्य महासंघ (एसोसिएट तर्फ)


नेपाल उद्योग बाणिज्य महासंघ एसोसयिट तर्फका उपाध्यक्ष चन्द्र प्रसाद ढकाल फुटबल हेर्ने तर यही देशलाई समर्थन गर्ने सोच नरहेको बताउँछन् । सन् २०१४ को विश्वकप पनि हेरेको भन्दै उनले यसपालीमा घरमै बसेर हेर्ने तर बीचमा कतै योजना बन्यो र साथीभाईसँग बसेर हेर्ने माहोल मिल्यो भने साथीसँग बाहिर पनि जाने बताउँछन्।


'फुटबलमा अर्जेन्टिनाको विकल्प नै छैन'

दिल सुन्दर श्रेष्ठ, 

सभापति,नेपाल उद्योग बाणिज्य महासंघ ब्यापार समिति


नेपाल उद्योग बाणिज्य महासंघ ब्यापार समिति सभापति दिल सुन्दर श्रेष्ठले स्कुल पढ्दा देखि नै आफुलाई मन पर्ने खेल फुटबल भएको बताए। सानैदेखि नै फुटबल खेल्ने, हेर्ने भएकाले पनि विश्वकप बिशेष नै रहने उनको भनाई छ। 

बिगतमा झैं यस पटक पनि आफ्नो समर्थन अर्जेन्टिनालाई नै रहने उनले बताए। साथीभाईहरुको साथमा बसेर यसपटकको विश्वकप हेर्ने योजना छ। यस संस्करणको उद्घाटन खेल पनि साथिभाईहरुसंग बसेर हेर्ने योजना सुनाउंदै श्रेष्ठले विश्वकप सबैलाई जोड्ने खेल भएको बताए।    


 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved