फिफा विश्वकप २०१८ की ब्राण्ड एक्बासडर भिक्टोरियाको समर्थन कुन खेलाडीलाई ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 15, 2018 | 01:31:24 PM मा प्रकाशित

laxmi  sunrise bank

फिफा विश्वकप २०१८ का लागि ब्रान्ड एम्बासडर भिक्टोरिया लप्रेयभा मिस रसिया २००३ की विजेता हुन् । उनी युएनएडकी विशेष दूत पनि हुन् । एचआइभी एड्सबाटका रोकथाम र चेतना जगाउन उनलाई युएनएडले उनलाई विशेष दुतमा चयन गरेको हो । 

ब्राजिलियन स्ट्राइकर नेमार जुनियरको फ्यान रहेकी उनले सन् २००७ बाट फुटबल शो को उद्घोषण गर्न थालेकी हुन् । उनले सन् २००७ मा रूसी टेलिभिजनमा ‘फुटबल नाइट’ भन्ने कार्यकमबाट उद्घोषिकाको रूपमा ड्ब्यु गरेकी हुन् । भिक्टोरिया फुटबल शो कार्यक्रमको रुसकै पहिलो महिला उद्घोषिका हुन् ।

सन् १९८३ को जुन २६ मा रोस्तोभ अन डनमा जन्मेकी उनी सन् २०१३ मा रुसका राष्ट्रिय टिमका स्ट्राइकर फेडोर स्मोलोभसँग विवाह बन्धनमा बाधिएकी थिइन् । तर सन् २०१५ मै उनीहरूको सम्बन्ध विछेद भयो । त्यसपछि उनले सन् २०१७ को अक्टोबर ५ मा निकोले बस्कोभसँग बिबाह गर्ने चर्चा चलेको थियो तर सोही वर्ष उनको हजुरबुबाको निधन भएपछि यसै वर्ष बिबाह गर्ने योजना बनाएकी छिन् । तर कहिले बिबाह गर्ने भन्ने बारे उनले केही खुलाउन चाहिनन् । 

एनले ब्राण्ड एक्बासडरको रुपमा सबै राष्ट्रको सम्मान गर्ने भएकाले म यो नै टिमलाई समर्थन गर्छु भन्न नमिल्ने बताउँदै आफ्नो मनपर्ने खेलाडी चाँही ब्राजिलका नेयमार रहेको बताईन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved