'मेस्सीको बिग फ्यान'

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 15, 2018 | 01:40:28 PM मा प्रकाशित

laxmi  sunrise bank

तत्कालिन नेकपा एमालेको भात्रीसंगठन अनेरास्ववियुको अध्यक्ष नविना लामाले बिश्वकपमा अर्जेन्टिनालाई समर्थन गर्दै छिन्  । हाल सांसद समेत रहेकी लामा जर्सी नम्बर १० ‘ अर्थात् लियोनल मेस्सी’ को ठुलो समर्थक हुन् । उनी पहिलेदेखि नै अर्जेन्टिनाको समर्थन गर्दै आएको बताउछिन् । अर्जेन्टिनाले हरे पनि मेस्सीले मन जित्ने उनी बताउछिन् । 

 सुरुवाती खेलहरु सामान्य तरीकाले घरमै बसेर हेरे पनि फाइनलमा भने सामुहिक रुपमा साथीभाईहरुसंगै बसेर हेर्ने लामाको योजना छ । 

नविना लामाको नजरमा विश्वकप फुटबल संसारको ध्यान आकर्षण गराउने एउटा खेल हो । विश्वभरीका मानिसहरुले हेर्ने भएको हुँदा सहभागी देशले आफ्नो पहिचान बनाउने एउटा माध्यम पनि हो । नेपालले पनि विश्वकपबाट धेरै कुरा सिक्नुपर्ने उनको बुझाई छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved