रोनाल्डोले स्वीकारे २ बर्ष कैद सजाय, सवा २ अर्व जरिवाना तिर्न तयार

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 15, 2018 | 07:59:47 PM मा प्रकाशित

laxmi  sunrise bank

पोर्चुगलका कप्तान तथा रियल म्याड्रिडका स्ट्राइकर रोनाल्डोले २ बर्षको कैद सजाय स्वीकार गरेका छन् । कर छली प्रकरणमा रोनाल्डोले सजाय सहित १८.८ मिलियन युरो अर्थात सवा २ अर्व नेपाली रुपैयाँ जरिवाना तिर्न स्वीकार भएका हुन् । हाल रोनाल्डो बिश्वकपको लागि रुसमा छन् । आज नै उनले स्पेनसंग प्रतिस्पर्धा गर्ने छन् । 

तर उनी जेल भने जानु पर्ने छैन ।  स्पेनको कानुन अनुसार २ बर्ष भन्दा तलको कैद सजाय भएमा जेल जानु पर्दैन ।  तर त्यस अवधिमा फेरी केहि अभियोग लागेमा भने जेल जानु पर्छ । यस अघि अदालतमा उपस्थित हुँदा रोनाल्डोले कर छली नगरेको दाबी गरेका थिए । तर अहिले उनले अभियोग स्वीकार गर्दै सजाय र जरिवाना तिर्न तयार भएका हुन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved