रोनाल्डोले गरे बिश्वकपको ५१ औ ह्याट्रिक, तर जितेन पोर्चुगल

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 16, 2018 | 07:04:46 AM मा प्रकाशित

laxmi  sunrise bank

रसियामा जारि विश्वकप फुटबल अन्तर्गतको चौथो खेलमा पोर्चुगल र स्पेनले बराबरी खेलेका छन्  । शनिवार बिहान सवेरै सम्पन्न खेलमा यी दुई टोलीले ३-३ को बराबरी खेलेका हुन् ।

खेलमा पोर्चुगलले चौथो मिनेट मै अग्रता लिएको थियो ।  स्पेनका खेलाडीले पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई फल गरेपछि पोर्चुगलले पेनाल्टी पाएकोमा रोनाल्डोले  पेनाल्टी मार्फत गोल गर्दै पोर्चुगललाई १-० को अग्रता दिलाएका हुन। तर त्यसको २० मिनेटमा स्पेनका डियागो कोस्टाले गोल गर्दै बराबरी गरे । ४४ औ मिनेटमा रोनाल्डोले आफ्नो दोस्रो गोल गर्दै टोलीलाई पुन अग्रता दिलाए । ५५ औ मिनेटमा कोस्टाले गोल गर्दै स्पेनलाई फेरी बराबरीमा ल्याए । त्यसको ३ मिनेट मै नाचोले गोल गर्दै स्पेनले पहिलो पटक खेलमा अग्रता लियो । खेलको ८८ औ मिनेटमा रोनाल्डोले अर्को गोल गर्दै ह्याट्रिक पुरा गरे भने खेललाई पुन बराबरीमा ल्याए । 

त्यस पछि कुनै गोल हुन् सकेन र दुवै टोलीले समान १-१ अंक बाडे ।

रोनाल्डो लगातार ४ वटा बिश्वकपमा गोल गर्ने चौथो खेलाडी बनेका छन् । साथै उनी बिश्वकपमा ह्याट्रिक गर्ने सबै भन्दा बुढा खेलाडी समेत भएका छन् । यो उनको क्लब र देशको लागि ५१ औ ह्याट्रिक थियो भने यो बिश्वकपको पनि ५१ औ ह्याट्रिक हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved