मेस्सी चुक्दा डेब्यु टिमसँग अर्जेन्टिना स्तब्ध, आगामी यात्रा कठिन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 16, 2018 | 07:48:37 PM मा प्रकाशित

laxmi  sunrise bank

  लिओनल मेस्सीले पेनाल्टी मिस गर्दा अर्जेन्टिनाले आफ्नो उद्घाटन खेलमा अंक बाड्न बाध्य भएको छ  । अर्जेन्टिनाले यस पटकको बिश्वकपमा डेब्यु गरेको आईसल्याण्डसँग १-१ को बराबरी खेल्दै अंक बाडेको हो  । 

  खेलमा  अर्जेन्टिनाका अग्वेरोले १९ औ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर त्यसको ४ मिनेटमा आईसल्याण्डले ऐतिहासिक बराबरी गोल फर्काएको हो ।

आईसल्याण्डको लागि फिनबोगासनले गोल गरेका हुन् । यस संगै उनी बिश्वकपमा आईसल्याण्डको तर्फ बाट गोल गर्ने पहिलो खेलाडी बनेका छन् । 

अर्जेन्टिनाले ६४ मिनेटमा पेनाल्टी पाएको थियो । मेस्सीले पेनाल्टी प्रहार गरेपनि गोल गर्न सकेनन् । उनी चुक्दा अर्जेन्टिना आईसल्याण्डसँग स्तब्ध भएको हो । 


 यस समुहमा आइसल्याण्ड र अर्जेन्टिना संगै क्रोएसिया र नाजेरिया रहेका छन्  । अर्जेन्टिनाले सुरुवाती खेलमै अंक बराबरी गर्न बाध्य भएपछि टोलीको आगामी यात्रा कठिन बन्ने देखिन्छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved