बिश्वकप फुटबल: आइतबार भएको खेलमा केवल ७ जनाले लगाए सहि गोल अनुमान

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 18, 2018 | 06:17:29 AM मा प्रकाशित

laxmi  sunrise bank

रुसमा जारी फिफा बिश्वकप अन्तर्गत आइतबार ३ खेल भए । पहिलो खेलमा सर्बियाले कोस्टारिकालाई १-० ले पराजित गर्दै विजयी सुरुवात गरेको छ । खेलको ५६ औ मिनेटमा सर्बियाका कप्तानले ऐलेकजेन्डर कोलोरोभले गरेको गोल नै निर्णायक बन्यो ।

बिजपाटीले गरेको प्रेडिक्ट एण्ड विन कन्टेस्टमा यस खेलमा सयौले अनुमान लगाएकोमा केवल ४ जनाले सहि अनुमान लगाएका छन् । सहि गोल अनुमान लगाउनेमा गिरिश लामा, राम कुमार बस्नेत, बाल कृष्ण श्रेष्ठ र महेन्द्रमान जोशी रहेका छन् । यी ४ मध्ये १ जनालाई गोलाप्रथाबाट बिजयी घोषणा गरिनेछ ।

त्यस्तै दोस्रो खेलमा मेक्सिकोले डिफेन्डिङ च्याम्पियन जर्मनीलाई १-० ले पराजित गर्दै विजयी सुरुवात गर्यो । खेलको ३५ औ मिनेटमा मेक्सिकोका हिर्भिंग लोजानोले गरेको गोल नै निर्णायक बन्यो ।

बिजपाटीले गरेको प्रेडिक्ट एण्ड विन कन्टेस्टमा यस खेलमा सयौले अनुमान लगाएको भए कसैले पनि सहि खेलको सहि अनुमान लगाउन सक्नु भएको छैन ।

आइतबारको अन्तिम खेलमा ब्राजिल र स्विजरल्याण्डले १-१ को बराबरी खेलेका छन्  । खेलमा ब्राजिलका कुटिनोले २० औ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए तर दोस्रो हाफसुरु भएपछि खेलको ५० औ मिनेटमा स्विजरल्याण्डका स्टिभन जुबरले गोल गर्दै खेललाई बराबरीमा ल्याए  । त्यस पछि गोल हुन् सकेन र दुवै टोलीले १-१ अंक बाडे  । 

बिजपाटीले गरेको प्रेडिक्ट एण्ड विन कन्टेस्टमा यस खेलमा सयौले अनुमान लगाएको भए पनि केवल ३ जनाले सहि अनुमान लगाउनु भएको छ  । सहि अनुमान लगाउनेमा एक्सआइएस आइआर, श्याम शाखा र तारा श्रेष्ठ रहनु भएको छ  । यी ३ मध्ये १ जनालाई गोलाप्रथाबाट बिजयी घोषणा गरिनेछ ।

के तपाईले आज हुने बाँकि खेलहरुको गोल अनुमान लगाउनु भयो ?

बिजपाटी डटकमको मेनुबारमा रहेको विश्वकप बिशेषमा क्लिक गरी predict and win मा गएर वा सिधै http://worldcup.bizpati.com/play#_=_ मा क्लिक गरेर गोल अनुमान लगाउन सक्नुहुन्छ।

बिजेतालाई मुभि टिकेट, चन्द्रागिरि हिल्सको टिकेट, फ्री टिभी सब्स्क्रिप्सन, स्मार्ट फोन लगायतका आकर्षक पुरस्कारको व्यवस्था छ। 


 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved