उपाधि दाबेदार जर्मनी र ब्राजिल पहिलो खेल मै स्तब्ध

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 18, 2018 | 06:58:49 AM मा प्रकाशित

laxmi  sunrise bank

डिफेन्डिङ च्याम्पियन जर्मनी र सर्बाधिक ५ पटकको उपाधि बिजेता ब्राजिल यस पटकको  बिश्वकप्को पनि प्रमुख दाबेदार हुन् ।तर आफ्नो उद्घाटन खेल मै यी दुवै टोली स्तब्ध भएका छन्  । आइतबार भएको खेलमा जर्मनीले मेक्सिकोसंग हार बेहोर्यो भने ब्राजिलले स्विजरल्याण्डसंग बराबरी खेल्यो  ।  

खेलको ३५ औ मिनेटमा मेक्सिकोका हिर्भिंङ लोजानोले गरेको गोल नै जर्मनीलाई पराजित गर्न पर्याप्त बन्यो  ।  त्यस्तै आइतबारको अन्तिम खेलमा ब्राजिल र स्विजरल्याण्डले १-१ को बराबरी खेले  । खेलमा ब्राजिलका कुटिनोले २० औ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए तर दोस्रो हाफसुरु भएपछि खेलको ५० औ मिनेटमा स्विजरल्याण्डका स्टिभन जुबरले गोल गर्दै खेललाई बराबरीमा ल्याए  । त्यस पछि गोल हुन् सकेन र दुवै टोलीले १-१ अंक बाडे  । तुलानात्मक रुपमा कमजोर मानिएको स्विजरल्याण्ड संग अंक बाड्नु पर्दा ब्राजिल स्तब्ध बनेको छ ।   

बलिया टोलीलाई मेक्सिको र स्विजरल्याण्ड स्तब्ध बनाईदिए । यस संगै समुह चरणका बनि खेलहरु रोचक बन्ने छन् ।  पराजित बनेको जर्मनीलाई बाँकि खेलहरु गर या मार सरह हुने छन् । 

यति मात्र होइन आफ्नो पहिलो खेलमा उपाधि दाबेदार मानिएका स्पेन, पोर्चुगल, अर्जेन्टिनाले पनि जित निकाल्न सकेनन  ।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved