को हुन् अर्जेन्टिनाको पुजा गरेर सामजिक संजालमा भाईरल बनेका यी व्यक्ति ? यस्तो छ वास्तविकता

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 19, 2018 | 05:59:29 PM मा प्रकाशित

laxmi  sunrise bank

रुसमा जारि बिश्वकपमा अर्जेन्टिना र आईसल्याण्डबीचको खेल सुरु हुनु अघि सामाजिक संजालमा रोचक भिडियो देखियो । अर्जेन्टिनाका एक समर्थकले आफ्नो टोलीलाई जिताउन भनेर पुजा पाठ गरिरहेका थिए । खेल रुसमा हुने भए पनि उनले नेपालमै हिन्दु परम्परा अनुसार पुजापाठ गर्न आवश्यक दियो कलश गणेश लगायत बिधि पुर्याएर पुजा पाठ गरे । खेल अर्जेन्टिनाले बराबरी गर्यो तर यहि खेलमा स्टार खेलाडी मेस्सीले पेनाल्टी समेत मिस गरे । तर खेलको नतिजा जे जस्तो भए पनि सामाजिक संजालमा उनको धेरै ट्रोल बने । तर धेरैलाई सायद थाहा छैन को हुन् उनी ।

पुजा पाठ गर्ने ति व्यक्ति थिए झापाका देवेन्द्र ओली । उनी आर्जेन्टिनाका प्रशंसक हुन्। फुटबल हेर्न थालेदेखि नै उनलाई आर्जेन्टिनाको खेलले लोभ्यायो र उनी सोही टोलीको कट्टर समर्थक बने। त्यहि भएर उनले आर्जेन्टिना र आइस्ल्यान्डबीच खेल हुनअघि आफ्नो प्रिय टोलीको विजयको कामना गर्दै   पूजा गरेका हुन् । उनले श्रीमती र दुई छोरालाइ संगै राखेर मेसी र अर्जेन्टिनाको सफलताका लागि मन्त्रोच्चारणसहित  पूजा गरेका थिए। सबैले अर्जेन्टिनाको जर्शी लगाएका थिए, उनले जर्शिको पनि  पुजा गरे। बिधि अनुसार प्रसाद पनि चढाए  ।

उनको यो भिन्न शैलीको प्रशंसा र आलोचना दुवै भयो। भोलिपल्टै उनले त्यो भिडिओ हटाए। तर अरूले सामाजिक सञ्जालमा त्यसलाई फैलाएका छन्। ओली भन्छन्, "खेलमा बराबरी भएपनि मेरो भिडिओ हेरेर धेरै प्रसंशक रमाए। तर कसैकसैले अशिष्ट शब्द प्रयोग गरेकाले मैले चाहिँ हटाएँ। तर अरूतिर भाइरल भइसकेको रहेछ।"  

यस्तो थियो उनको पुजा पाठ 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved