'मेस्सीले नै बाँकि खेल जिताउनेमा ढुक्क'

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 19, 2018 | 06:48:56 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्वकप फुटबल सुरु भईसकेको छ । दाबेदार भनिएका टोलीले गतिलो सुरुवात गर्न सकेका छैनन । यसबाट समर्थक निराश बनेका छन् । नेपालमा बिशेषगरी ब्राजिल र अर्जेन्टिनाका समर्थक धेरै छन् । दुवै टोलीले आफ्नो पहिलो खेल बराबरी खेले । 

 २०१४ मा ब्राजिलमा भएको बिश्वकपमा अर्जेन्टिना उपबिजेता बन्दा धेरै नेपाली फ्यानहरु दुखी भएका थिए । दुखित फ्यान मध्ये एक हुन् काठमाडौँ मछिन्द्रबहालका ५९ बर्षिय शिवराज प्रजापति (फोटोमा बायाँबाट पहिलो) । मेस्सी भनेपछि मरिहत्ते गर्ने ऊनी अर्जेन्टिनाका कट्टर फ्यान हुन् । मेस्सीको डाई हार्ड फ्यान  उनले  मछिन्द्र क्लबबाट सि डिभिजन फूटबल खेलेका थिए। अझै पनि उनी क्लबका सदस्य हुन् । 

उनि यति सम्मका अर्जेन्टिनाका फ्यान हुन् कि शनिबार अर्जेन्टिनाको खेल भएको दिन उनले टोलका सम्पूर्ण अर्जेन्टिना फ्यान हरुलाई भेला पारी चिया नास्ता खुवाएका थिए । ऊनले विश्वकप सुरु हुनु भन्दा २ दिन पहिला पनि अर्जेन्टिनाका फ्यानहरु जम्मा पारी र्याली निकालेका थिए साथै उनले आफ्ना टोलका बालबच्चा देखि बुढा अर्जेन्टिना फ्यानहरुलाई झन्डा वितरण समेत गरेका थिए । 

उनले इन्द्रचोक देखि असन पुग्ने पोल पोलमा अर्जेन्टिनाको झन्डा राखी चोक नै अर्जेन्टिनामय बनाएका थिए।

तर अर्जेन्टिनाले पहिलो खेल नजित्दा र मेस्स्सीले पेनाल्टी मिस गर्दा उनी दुखित भएका छन् । यद्यपि उनी मेस्सीले आगामी खेल जिताउदै अर्को चरणमा टोली पुग्नेमा बिश्वस्त छन् । उनी भन्छन् 'पहिलो खेल हो, हारिएको छैन, बाँकि खेल मेस्सीले जिताउछन्' । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved