कोलम्बियालाई हराउदै जापानले रच्यो इतिहास, खेलको तेस्रो मिनेटमा बन्यो यस विश्वकपकै पहिलो रेकर्ड

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 19, 2018 | 08:18:45 PM मा प्रकाशित

laxmi  sunrise bank

जापानले कोलोम्बियाबिरुद्द ऐतिहास जित हासिल हरेको छ। रसियामा जारि विश्वकप अन्तर्गतको १५ औं खेलमा कोलोम्बियालाई २-१ ले हराउदै जापानले विश्वकपमा दक्षिण अमेरिकी टिमलाई हराउने पहिलो एशियाली राष्ट्र बनेर इतिहास रचेको छ।

जापानले खेल सुरु भएको तेस्रो मिनेटमा पाएको पेनाल्टी अवसरलाई गोलमा परिणत गरेको हो। कोलोम्बियाली खेलाडी कार्लोस सान्चेजले डी बक्समा  हातले बललाई रोक्ने प्रयास गरेपछी उनलाई रेड कार्ड दिईएको थियो। उनले डी बक्समा फाउल गरेकाले जापानलाई पेनाल्टी शुटआउट दिइएको हो। 

कोलम्बियाका कार्लोस सान्चेज जारि विश्वकपमा रेड कार्ड पाउने पहिलो खेलाडी बन्न पुगेका छन। १० खेलाडीमा सिमित कोलोम्बियाले खेलमा फर्किदै खेलको ३९ मिनेटमा गोल गर्‍यो। कोलोम्बियाका लागि जुवान फर्डीनाँन्ड़ोले गोल गर्दै खेललाई बराबरीमा पुर्याए। 

खेलको ७३ औं मिनेटमा जापानका युवाओ ओसाकाले गोल गर्दै जापानलाई अग्रता दिलाए। उनको गोलनै जापानको लागि जित साबित भयो। कोलोम्बिया बिरुद्दको जितसंगै जापान विश्वकपमा दक्षिण अमेरिकी टिमलाई हराउने पहिलो एशियाली राष्ट्र बन्न सफल भएको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved