चौथौ मिनेट मै रोनाल्डोको गोल, तोडियो ६२ बर्षदेखि कायम रेकर्ड

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 20, 2018 | 06:23:49 PM मा प्रकाशित

laxmi  sunrise bank

रसियामा जारी विश्वकप फुटबलमा अहिले पोर्चुगल र मोरक्को भिड्दैछन् । खेल सुरु भएको चौँथो मिनेटमै पोर्चुगलका लागी क्रिष्टियानो रोनाल्डोले गोल गर्दै टिमलाई १–० अग्रता दिलाएका छन् । यस अघि स्पेनसँग भएको खेलमा रोनाल्डोको ह्याट्रिकको मद्दतमा पोर्चुगल हारबाट जोगिएको थियो । 

रोनाल्डोले आज चौथो मिनेटमा गोल गरेसंगै उनको अन्तराष्ट्रिय गोल संख्या ८५ पुगेको छ  । रोनाल्डोले १५२ अन्तर्राष्ट्रिय खेलमा ८५ गोल गरेका हुन्  ।  यस संगै उनी सर्बाधिक अन्तर्राष्ट्रिय गोल गर्ने युरोपियन खेलाडी बनेका छन्  ।  साथै उनले फेरेन पुस्कासको नाममा ६२ बर्षदेखि रहेको यस रेकर्ड पनि तोडेका छन्  । हंगेरी र स्पेनबाट खेलेका पुस्कासले ८९ खेलमा ८४ गोल गर्दै सर्बाधिक गोल गर्ने खेलाडी बनेका थिए  ।  उनको त्यो रेकर्ड ६२ बर्षसम्म कायम थियो  ।  तर रोनाल्डोले आज त्यो रेकर्ड तोडेका छन्  ।  

बिश्वकपमा पोर्चुगल समुह बि मा छ  । यस समुहमा पोर्चुगल संगै मोरको, स्पेन र इरान छन्  ।  

पोर्चुगल सन् २०१६ को युरो कप बिजेता समेत हो  ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved