समुह 'ए'बाट नकआउट चरणमा जाने टोली टुंगो लाग्यो, समुह 'बि'मा ३ टोलीको रोचक भिडन्त

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 21, 2018 | 09:17:04 AM मा प्रकाशित

laxmi  sunrise bank

रुसमा जारि बिश्वकप फुटबल प्रतियोगिता अन्तर्गत बुधबारको खेलपछि नक आउट चरणमा जाने २ टोलीको टुंगो लागेको छ  । समुह ए मा बाट नक आउट चरणमा जाने २ टोलीको टुंगो लागेको हो  । यस समुहबाट आयोजक रुस र उरुग्वे नक आउट चरण प्रवेश गरेका छन्  । अब रुस र उरुग्वेबीचको खेलले यस समुहको समुह बिजेता तय गरेको छ  । 

दुवै टोलीले साउदी अरेबिया र इजिप्टलाई पराजित गर्दै ६ अंक सहित नक आउट चरणको यात्रा पक्का गरेका हुन्  ।

समुह बिमा भने नक आउट चरण प्रवेशको लागि ३ टोलीको सम्भावना कायमै छ  । बिमा स्पेन र पोर्चुगलको समान ४ अंक भएको छ भने इरानको ३ अंक छ  । मोरको प्रतियोगिताबाट बाहिरिएको छ  । यी सबै टोलीले एक एक खेल खेल्न बाँकि छ  । अब इरानले पोर्चुगल संग तथा स्पेनले मोरकोसंग खेल्ने छ  ।

कसको अर्को चरण पुग्ने सम्भावना कति ?

हाल स्पेन र पोर्चुगल समान ४ अंक सहित शिर्ष २ स्थानमा रहेकोले यी दुईको अर्को चरण पुग्ने सम्भावना प्रबल छ  । यी दुई टोलीले आफ्नो अन्तिम खेलमा बराबरी खेले वा बिजयी भए यी दुई टोली छनौट हुने छन्  र इरान बाहिरिने छ  ।

तर पोर्चुगल र इरानबीचको खेल बराबरी भए र मोरकोले स्पेनलाई दुई गोल वा सोभन्दा बढीको अन्तरले पराजित गरे स्पेन बाहिरिने छ । यस्तो अवस्थामा पोर्चुगल इरान छनौट हुने छन् ।

त्यस्तै इरानले पोर्चुगललाई हराएमा र स्पेन विजयी वा बराबरी भएमा इरान र स्पेन अर्को चरणमा पुग्नेछन् भने पोर्चुगल बाहिरिने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved