आजको खेल हारे अर्जेन्टिनालाई के हुन्छ ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 21, 2018 | 06:06:59 PM मा प्रकाशित

laxmi  sunrise bank

रुस विश्वकप फुटबल प्रतियोगीतामा बिहिबार राती ११ः४५ बजे अर्जेन्टिना र क्रोयसिया भिड्दैछन् । समूह ‘डी’ मा रहेको अर्जेन्टिना यस अघि भएको समूह चरणको आफ्नो पहिलो खेलमा आइसल्याण्डसँग १–१ को बराबरीमा रोकिएको थियो । 

गत सनिबार भएको खेलमा विश्वकपमा डेब्यु गरेको टिम आइसल्याण्डसँग बराबरीमा रोकिएर खातामा १ अंक मात्रै जोडेको अर्जेन्टिनाका लागी आजको खेल जित्नैपर्ने दबाब छ । 

सनिबारको खेलमा १९ औं मिनेटमा सर्जियो अग्युरोले धेरै समयपछि राष्ट्रिय टिमको लागि गोल गर्दै अग्रता दिलाएका थिए तर, त्यसको चार मिनेटमा नै आइसल्याण्डले गोल फर्कायो । ६३ औं मिनेटमा आइसल्याण्डका खेलाडीले अग्युरोलाई लडाएपछि पाएको पेनाल्टीमा लियोनल मेसी चुके र खेल बराबरीमा टुंगियो । 

समूह ‘डी’ मा नै रहेको क्रोयसियाको ३ अंक छ भने आईसल्याण्ड र अर्जेन्टिनाको समान १÷१ अंक छ । यस अघिको खेलमा क्रोयसियासँग २–० ले पराजित भएको नाईजेरियाको भने अंक शून्य छ । 

आजको खेलमा अर्जेन्टिनाले बराबरी खेले उसको खातामा जम्मा २ अंक हुनेछ । आजको खेल जित्न सके अर्जेन्टिनाले ४ अंक जोड्नेछ । तर बराबरी खेलेमा अन्तिम १६ मा पुग्न अर्जेन्टिनाले असार १२ गते हुने नाईजेरिया विरुद्धको खेलमा निकै संघर्ष गर्नुपर्ने देखिन्छ । 

तर त्यो समय कुरेर बस्नुभन्दा आजको खेल जित्दै खातामा ४ अंक जोड्नु अर्जेन्टिनाका लागी बुद्धिमानी हुन्छ ।  

अघिल्लो खेलमा पेनाल्टीमा समेत चुकेका मेसीको लागी आजको खेल भुल सुधार गर्ने मौका पनि हो । यद्यपी उनको प्रदर्शन कस्तो रहन्छ भन्ने हेर्न बाँकी नै छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved