क्रोएसियासंगको लज्जास्पद हारपछि अर्जेन्टिनाको भाग्य आईसल्याण्डको हातमा, यस्तो छ सम्भावना

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 22, 2018 | 08:44:05 AM मा प्रकाशित

laxmi  sunrise bank

बिश्वकपमा उपाधि दाबेदार मानिएको अर्जेन्टिनाले क्रोएसियासँग लज्जास्पद हार व्यहोरेको छ । बिहिबार भएको खेलमा अर्जेन्टिना क्रोएसियासँग ३-० गोल अन्तरले पराजित भएको हो ।  क्रोएसियाको लागि एन्टे रेबिक, लुका मोडरिक र  इभान राकिटिकले गोल गर्दै अर्जेन्टिनालाई यस बिश्वकपमा दोस्रो झड्का दिए । आफ्नो सुरुवाती खेलमा आईसल्याण्डले बराबरीमा रोकेर अर्जेन्टिनालाई पहिलो झड्का दिएको थियो ।

अब अर्जेन्टिना यस बिश्वकपमा कठिन मोडमा पुगेको छ । एक खेल मात्र खेल्न बाँकि रहंदा अर्जेन्टिनाको केवल १ अंक भएको छ । यद्यपि अर्जेन्टिना अझै दोस्रो चरणमा प्रवेश गर्न सक्छ । तर त्यो सब आईसल्याण्डको हातमा छ । 

अब अर्जेन्टिना अर्को चरण पुग्नको लागि निम्न नतिजा आउनु पर्ने छ ।

१. आईसल्याण्ड वा नाइजेरियाको बीचको खेल बराबरी हुनु पर्ने छ वा नाजेरियाले जित्नु पर्ने छ ।

२.आईसल्याण्ड र क्रोएसियाबीचको खेल बराबरी हुनु पर्नेछ वा क्रोएसियाले जित्नु पर्ने छ ।

३. अर्जेन्टिनाले नाइजेरियालाई पराजित गर्नु पर्ने छ । 

आईसल्याण्डले आफ्नो बाँकि २ मध्ये १ खेलमा हर र एक खेलमा जित निकालेमा र अर्जेन्टिनाले नाइजेरियालाई पराजित गरेमा गोल डिफरेंसको आधारमा अघिल्लो चरणमामा जाने टोली टुंगो लाग्ने छ । यस्तो अवस्थामा आईसल्याण्डको सम्भावना बढी छ किन भने आईसल्याण्डले अर्जेन्टिनाको तुलनामा कम गोल खाएको छ । आईसल्याण्डले अबको खेल जितेमा अर्जेन्टिनाले नाजेरियालाई ३ वा बढी गोलले पराजित गर्नु पर्नेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved