बिश्वकप खेल्न रुस पुगेका खेलाडी छोरीको मुख हेर्न जेट चढेर घर फिर्ता

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 22, 2018 | 03:18:48 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्वकपका लागि रुसमा रहेका डेनमार्कका फुटबल खेलाडीहरूले आफ्नो टोलीका एक सदस्यलाई उनको नवजात छोरीको मुख हेर्नका लागि घर फर्किन आफैँले खर्च जुटाएर एउटा निजी जेट विमानको व्यवस्था गरिदिएका छन्। जारी विश्वकप २०१८ मा पेरूविरुद्धको खेलपछि डेनमार्कका योनास क्नुड्सन छोटो अवधीका लागि घर फर्किएका थिए। उनी विश्वकपमा सहभागी हुन रुस आएपछि क्नुड्सनकी २५ वर्षीया पत्नी त्रिन अपेक्षा गरिएको मितिभन्दा केही हप्ताअगाडि नै सुत्केरी भएकी थिइन्।

डेनमार्कका गोलरक्षक क्यास्पर श्माईकलका अनुसार 'मानवीय पक्ष' लाई विचार गरेर उनलाई घर जाने व्यवस्था मिलाइएको हो। उनले भने, "टोलीमा धेरै पिताहरू छन्। हामी फुटबल खेलाडी हुनुका साथसाथै मानव पनि हौँ भन्ने अरूले बुझ्नुपर्छ।" "म आफैँ पिता भएकाले योनासलाई (बच्चा जन्मेको) सन्देश पाएर पनि त्यहाँ उपस्थित हुन नसक्दा कस्तो अनुभव भयो होला भनेर अनुमान गर्नसक्छु।"

 छोरीको मुख हेरेर क्नुड्सन सोमवार नै रुस फर्किएका थिए। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved