कोस्टारिका बिरुद्द ब्राजिलको संघर्षपूर्ण जित, ब्राजिललाई अन्तिम १६ को यात्रा कति सहज ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 22, 2018 | 08:15:39 PM मा प्रकाशित

laxmi  sunrise bank

ब्राजिलले कोस्टारिका बिरुद्द संघर्षपूर्ण जित हासिल गरेको छ। रसियामा जारि विश्वकप अन्तर्गतको २४ औं खेलमा अतिरिक्त समयमा कोस्टारिकाबिरुद्द दुई गोल गर्दै जारि विश्वकपमा ब्राजिलले पहिलो जित दर्ता गरेको छ। 

नियमित समयमा बराबरी अवस्थामा रहेको खेलमा अतिरिक्त समयमा ब्राजिलले दुई गोल गरेको हो। ब्राजिलका लागि फिलिपे काउन्टीन्होले ९१ औं र नेयमारले ९६ औं मिनेटमा गोल गरे।

खेलको दोस्रो हाफमा रेफ्रीले ब्राजिललाई पेनाल्टी अवसर दिएपनि भिडियो एसिस्टेन्ट रेफ्री (भीएआर) ले रेफ्रीको उक्त निर्णयलाई खारेज गरिदिएको थियो। यद्दपी अतिरिक्त समयमा २ गोल गर्दै ब्राजिलले अन्तिम १६ को यात्रालाई सहज बनाएको छ भने हारसंगै कोस्टारिकाको विश्वकप यात्रा लगभग यहि सकिएको छ।   

जितसंगै ब्राजिलले ३ अंक जोडेर समुह ई मा पहिलो स्थानमा आइपुगेको छ। यस अघि स्विट्जरल्यान्डसंग बराबरी खेलेर अंक बाड्न बाध्य भएको ब्राजिलले कुल ४ अंक प्राप्त गरेको छ। 

अंक तालिका हेर्न यहाँ क्लिक गर्नुहोस

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved